Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

अछाम क्याम्पसले नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पु¥याउन शैक्षिक भ्रमण गर्ने

 अछाम ।

अछाम बहुमुखी क्याम्पसले नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पु¥याउन शैक्षिक भ्रमण गर्ने भएको छ । क्याम्पसका विद्यार्थी र प्राध्यापकको सहभागिता रहने गरी आउँदो फागुन ३ गते शैक्षिक भ्रमण गर्न लागेको हो । मंगलबार क्याम्पसमा शैक्षिक भ्रमणका विषयमा छलफल गरी विद्यार्थी सरस्वती केसीको संयोजकत्वमा आयोजक समिति तथा अन्य समिति गठन गरिएको छ । नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० मनाईरहेको र आफुले पनि आफ्नो ठाउँबाट जिल्लाका पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि भ्रमण गर्न लागेको क्याम्पस प्रमुख छत्र बहादर बिष्टले बताए । धेरै विद्यार्थी सहित टाढा जान अप्ठेरो हुने भएकाले मंगलसैन नगरपालिकामा रहेको सुरैँकोटमा भ्रमण गर्ने निर्णय गरिएको छ ।

सुरैँकोट क्षेत्र नेपाल सरकार पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १ सय पर्यटकीय क्षेत्रको सूचिमा समेटिएकाले उक्त स्थान भ्रमणका लागि छनौट गरिएको क्याम्पस प्रमुख बिष्टले बताए । भ्रमणका लागि आर्थिक संकलन समिति, प्रतिबेदन लेखन समिति, सामग्री संकलन समिति, भान्छा समिति, अनुशाशन समिति लगायतका समिति गठन गरी तयारी अघि बढाईएको विद्यार्थी संयोजक सरस्वती केसीले बताइन् ।

नयाँ १ सय पर्यटकीय गन्तव्यमा परेपछि अघिल्लो बर्ष मंगलसैन नगरपालिकाले समेत जिल्लाका सरोकारवाला सहित सुरैँककोटमा अन्तक्रिया गरेको थियो । सुरैकोट ऐतिहासिक महत्व बोकेको क्षेत्र हो ।
करिब ९ सय बर्ष पहिले अछामी राजाले सुरईकोटबाट राज्य गरेको ईतिहास छ । नेपाल एकीकरणको समयमा बहादुर शाहले यहाँ आक्रमण गरेपछि यहाँबाट राजा भागेर अछामकै अर्काे ठाउँ बान्नीगढीमा गएर बसेको जानकारहरु बताउँछ । सुरईकोटमा अहिले तत्कालीन राजाको दरबारको भगनावशेष, पटाकानी, षोडशा मन्दिर, मुग्राको धारा, रानीको कपाल कोर्ने ढुंगा, सुरई दह लगायतका स्थान छन् । त्यस क्षेत्रमा राताम्य फुल्ने लालीगुराँसले मनै लोभ्याउने गर्दछ ।
भ्रमणलाई शैक्षिक तथा पर्यटकीय प्रवद्र्धनका लागि भूमिका खेल्ने क्याम्पसले जनाएको पत्रकार टेकराज भण्डारीले जानकारी दिए ।