Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

वडा अध्यक्ष धामीको हत्याबारे अनुसनधान गर्न धनगढीबाट तालिमप्राप्त कुकुर सहितको टोली अछाम आउँदै ।।

 

माघ २१, अछाम ।
मंगलबार बिहान मृत अवस्थामा फेला परेका अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदम बहादुर धामीको हत्याबारे थप अनुसन्धन गर्न धनगढीबाट अनुसनधान टोली आउने भएको छ ।

संघीय प्रहरी ईकाइ प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको ३ जनाको अनुसन्धान टोली बिहान ९ बजे गैसकेको संघीय प्रहरी ईकाइ कार्यालयका प्रहरी निरिक्षक चेतराम पनेरुले जानकारी दिनुभयो ।
“घटनाबारे जानकारी आएपछि अनुसन्धान टोली बिहानै पठाई सकिएको छ” प्रहरी निरिक्षक पनेरुले बताउनु भयो,– “सम्भवतः आजै घटनास्थलमा पुग्ने र अनुसन्धान अगाडी बढ्ने छ” ।

धामीको सोमबार राती हत्या गरी भैँसीगोठमा राखिएको अवस्थामा आज बिहान शव फेला परेको थियो । घटनास्थलमा रहनु भएको अछामका प्रहरी प्रमुख डिएसपी दीपक भारतीले संघीय प्रहरी ईकाई कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुर सहित अनुसन्धान टोली आईरहेको बताउनुभयो । विनायक बजारबाट करिब ३० मिनेटको दूरीमा रहेको गैरीगाउँ भन्ने ठाउँमा भैँसीगोठमा उनको शव फेला परेको थियो ।

 

“गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएकोे छ”, घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी भारतीले भन्नुभयो, “प्रारम्भिक अनुसन्धान अनुसार हत्या नै भएको पुष्टि हुन्छ, तर कसले किन हत्या गरेको भन्ने कुरा खुल्न सकेको छैन, हामी अनुसन्धानमै छौँ।”

उहाँका अनुसार घटनाका बारेमा प्रहरीलाई आज बिहान साढे ६ बजे जानकारी प्राप्त भएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीसहितको टोली घटनास्थलमा पुगेको छ ।


घटनाको भ्रत्सना गर्दै पञ्चदेवल विनायक नगरपालिकाले दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । नगर उपप्रमुख अम्बिका चलाउनेले बिज्ञप्ती जारी गर्दै वडाअध्यक्ष धामीको निर्मम तरिकाले हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
मृतक धामी स्थानीय जाल्पेश्वरी माविका पूर्व प्रधानाध्यापक रहेका थिए । उहाँ शिक्षक पेशाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रदेश प्रहरी कार्यालय दिपायलबाट समेत अनुसन्धान गर्न टोली आईरहेको प्रहरीले जनाएको छ ।