Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

झुण्डीएको अवस्थामा मृत भेटिए बालक

 कृष्णप्रसाद अधिकारी

दैलेख।

जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं २ (साविको रुम गाविस)मा एक जना बालक झुण्डीए मृत अवस्थामा भेला परेका छन् । विहान करिव साडे आठ बजेतिर घरका २ भाई आगनमा खेलिरहेको र घरका अन्य सदस्य भान्सामा भईरहेको बेला घरको बाहिर राखिएको घोट्कीलामा ११ बर्षिय तुफान शाही झुण्डीको अवस्थामा फेला परेका हुन ।

उनि झुण्डीएको घरका सदस्यले जानकारी पाए पछि वडा अध्यक्षलाई जानकारी गराएका थिए । वडा अध्यक्षले प्रहरीलाइ खबर गरे संगै इलाका प्रहरी कार्यालय बेस्तडाका सहायक प्रहरी निरिक्षक मनोज कडेल सहितको टोली गाउँमा पुग्दा उनि घोटकीलामा सानो कपडाको डोरीले झुण्डीएको अवस्थामा रहेको सहायक निरिक्षक मनोज कडेले बताए ।

घोट्किलामा भुण्डीए र मृत्यु भएको र उनि के कति कारणले झुण्डीए भने बारेमा थाह नभएको कारण जिल्ला प्रहरी कार्यालय दैलेखको टोली थप अनुनधान गर्नेको लागि त्यस गाउँमा गई सकेको समेत प्रहरीले बताएको छ ।