कानून व्यवसायी परिषद्को कर्णाली पार्षदमा बिसी निर्वाचीत
नेपाल कानून व्यवसायी परिषद्को पार्षद पदका लागि मतदान सम्पन्न भएको छ । सो निर्वाचन अन्तरगत कर्णाली प्रदेशबाट सुर्खेतका रामबाबु बिसी निर्वाचीत भएका छन् ।
नेपाल बार काउन्सिलको पार्षद निर्वाचनमा कर्णाली प्रदेशबाट बृहत प्रगतिशील एवम् समाबेशी समुहका साझा उम्मेदवार अधिवक्ता रामबाबु बि.सीले ७६ मत प्राप्त गरि बिजयी भएका हुन् ।
उनका प्रतीद्धन्दी बृहत् लोकतन्त्रवादी कानून व्यवसायी समूहबाट दमनराज बम ले २७ मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशमा बृहत प्रगतिशील एवं समावेशी समूहबाट रामबाबु विसी र बृहत लोकतन्त्रवादी कानून व्यवसायी समूहबाट दमनराज बम चुनावी प्रतिस्पर्धा थिए । प्रत्येक प्रदेशबाट १–१ जनाका काउन्सिलर पदका लागि सात प्रदेशबाट दुई–दुई जना गरी १४ ले उम्मेदवारी दिएका छन् । सातजना परिषद् सदस्यका लागि सो निर्वाचनमा कानून व्यवसायमा निरन्तर १० वर्ष काम गरेको कानून व्यवसायीले मात्र उम्मेदवार दिन पाउने कानूनी व्यवस्था रहेको छ । ती काउन्सिलको कार्यकाल पाँच वर्षको हुनेछ । परिषद्ले कानून व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने र कानून व्यवसायीको हकहित र संरक्षण गर्ने काम गर्छ ।






