Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

गर्भअवस्थामा हुने जोखिम सम्बन्धी अभिमुखिकरण सम्पन्न

सुर्खेत ।

  गर्भवती महिलालाई गर्भअवस्थामा हुने जोखिम सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका एकमा रहेको श्री सरस्वती माध्यामिक विद्यालयमा र श्री दिपमाला माध्यामिक विद्यालयमा पहिलो पटक गर्भवती महिला र उनीहरुका परिवारहरुलाई गर्भअवस्थामा हुने जोखिम सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम आईतबार देखि सुरु भएको आयोजकले जानकारी दिएका छन् ।

‘घरघरमा स्थानिय सरकार, स्वास्थ्य र समृद्ध समाज निमार्णको आधारमा’ भन्ने नारा सहित आईतबार देखी ६० जना गर्भवती महिलाहरुलाई गर्भअवस्थामा हुने जोखिम हुन नदिनकालागि वडा नम्बर एकमा अन्डा, गेडागुडी, हरियो सागपात,फलफुल र पशुजन्य स्रोत मिलाएर खाने सम्बन्धमा जानकारी दिनुका साथै वितरण पनि गरिएको हो ।

गर्भवती महिलाहरुलाई प्रोत्सान स्वरुप पोसिलो खानेकुराहरु पाएपछि आफुहरुले नगरपालिका र वडाबाट प्रत्सान स्वरुप गर्भवती महिला र उनीहरुलाई गर्भअवस्थामा हुने जोखिम सम्बन्धी जनचेतनामुलक अभिमुखिकरण कार्यक्रमले गर्दा आफुहरु ज्यादै नै खुसी भएको अनुभवका बारेमा मैयादेवी बुढाले यस्तो बताइन । कार्यक्रममा नगरपालिकाले दिएको प्रोत्सान स्वरुप विभिन्न प्रकारका खानेकुरा पाउदा ज्यादै खुसी भएको पनि उनीहरुले जानकारी दिएका हुन् । उनीहरुलाई आफु सफा र खुलेर कुरा गर्ने सम्बन्धमा जनचेतमा मुलक कार्यक्रम पनि आफुहरुले पाएको बताएका छन् ।

कार्यक्रममा सुहारा फिल्डका कोडिनेटर तथा प्रशिक्षण रेसम चन्दले परिवारलाई गर्भअवस्थामा हुने जोखिम सम्बन्धी जनचेतनामुलक अभीमुखिकरण कार्यक्रम गर्दै उनीहरुलाई आर्कषण बनाएको बताए । यस्तै वीरेन्द्रनगर एकका वडा अध्यक्ष गंगाराम सुनारले वीरेन्द्रनगर नगरपालिकाले छोरी बचत कार्यक्रमको शुरुवात गरे संगै वडामा रहेका गर्भवती महिलामा हुने जोखिमका बारेमा जानकारी दिने र बालविवाह हुन नदिनका लागि जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका एकका वडा सदस्य वद्धीसरा विक,,डम्मर बहादुर टमटा लगाएत शिक्षिकाहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।