Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

दुइ गजल – मैयाँ लामिछाने

गजल – १
नरोक्नुहोस म अलि हतारमा छु ।
देश लुट्ने मौका छ सरकारमा छु ।
Image may contain: 2 people, including Maiya Lamichhane, people smiling, selfie and closeup
मैयाँ लामिछाने
सदन र सडकमा हुँदाको फरक
हिजो सयमा आज हजारमा छु ।
मलाई भुलेर पनि नखोज्नू अन्त
म त तिम्रै दिलको कारागारमा छु ।
जिन्दगीले कहाँ पुर्याउछ होला
हिजो माझमा थिए किनारमा छु ।
छाडेर कहाँ गयौ भन्दै नरुनुस्
लास बोल्यौ आज शृङ्गारमा छु ।
गजल – २
मसँग अथाह दुख छ ,यो बजारमा दुख को किन्छ ?
घडी बिग्रीए पछि समयले घडिलाई पनि बिर्सिन्छ ।
आज उसले धोका दिदा आँखा मिची मिचि रुनु भो
भोलि के गर्नुहुन्छ जब आफ्नै आँखाले धोका दिन्छ ।
उसले आज जिउमा लागेको माटोलाई घृणा गर्यो
परदेशी भए पछि देशको माटोको महत्त्व सम्झिन्छ ।
कहिले घरकालाई रुवायौ कहिले परकालाई रुवायौ
भोलि सबैले मर्नु पर्छ भन् मर्दा साथमा के के लगिन्छ ।
सम्बन्ध र वातावरण प्रदुषण यत्ती सम्म बढेको छ कि
मलाई लाग्छ अब यो संसारमा ठुलो हाहाकार मचिन्छ ।