Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

बजार अनुगमन  तिव्र

सुर्खेत

खाद्य प्रविधि तथा गुण नियन्त्रतण डिभिजन कार्यालय सुर्खेतले विगत ३ दिनदेखि बजार अनुगमन  तिव्र बनाएको छ । भेष बहादुर थापा सहितको बजार अनुगमन टोलीले खाद्य खुद्रा पसल, चिया नास्ता तथा मिठाई पसल तथा उद्योगहरुको समेत अनुगमन गरेको छ । विगतमा जस्तो म्याद नाघेका सामानहरु नभेटिए पनि पसलहरुले प्रमाणपत्र पसलमा नराखेको तथा उद्योगहरुले मापदण्ड तथा प्रक्रिया पुरा नगरी उद्योग सञ्चालन गरेको पाइयो ।

आइतबारको अनुगमन नगरपालिकाको नेतृत्वमा गरिएकोले सम्बन्धीत ब्यापारीहरुलाई नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ भने सोमबारको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको छ । सोमबारको अनुगमनमा सफल फुड्स एण्ड वेकरी उद्योगले अनुज्ञापत्र नै नलिई  उत्पादन तथा विक्रिवितरण गरेकाले उक्त उद्योगको कारोबारमा रोक लगाइएको छ भने खजुरा डेरी उद्योगको बाहिरी वातावरण उद्योगको लागि उपयुक्त नभएको तथा दुग्ध वस्तु उत्पादन निर्देशीका बमोजिम नपाइएकोले उत्पादनमा रोक लगाइएको छ भने ४ वटा चिया नास्ता पसलका अत्याधिक कृतिम रँग  मिसाएर बनाएका परिकारहरु नस्ट समेत गरीएको छ ।

त्यस्तै, मंगलबार जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि, गुर्वाकोट नगरपालिका प्रतिनीधि, प्रहरी चौकी मेहेलकुनाका प्रतिनीधि तथा स्थानीय बासीहरुको सयूक्त टोलीले प्रशोधित पानी सम्बन्धी निर्देशीका २०७४ बमोजिम  सञ्चालन नभएको एम.के. प्रशोधित पानी उद्योग मेहेलकुनाको उद्योग शील गरी बोटल पानी उत्पादनमा रोक लगाइएको जानकारी खाद्य प्रविधि तथा गुण नियन्त्रतण डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेष बहादुर थापाले जानकारी दिनु भयो ।