दुईदिने ल्यापटप एक्सचेन्ज अफर संचालन
सुर्खेत ।
सुर्खेत आइटी सेन्टर वीरेन्द्रनगर ६ ले दुई दिने ल्यापटप एक्सचेन्ज अफर संचालन गरेको छ । आज (बिहीबार) देखि संचालन भएको एक्सचेन्ज अपर भोलि (शुक्रबार) सम्म संचालन हुने जनाइएको छ । विभिन्न नयाँ प्रविधिको विकासक्रम र उपयोगसँगै कर्णाली प्रदेशका राजधानी सुर्खेतको वीरेन्द्रनगर ६ मा रहेको सुर्खेत आईटी सेन्टर सूचना प्रविधिका क्षेत्रमा बजार जमाउदै आएको छ ।

प्रदेशदेखि देशमा समेत समृद्धि ल्याउनका लागि प्रविधिको भरपुर प्रयोग गर्नु पर्ने सुर्खेत आइटी सेन्टरको संचालक पूर्णदेव अधिकारीले बताएका छन् । उनले भने, ‘जबसम्म प्रविधिलाई पूर्ण रुपमा उपयोग गर्न सकिँदैन तबसम्म देश तथा समाज समृद्ध हुन सक्दैन ।’ हामी समृद्धिको कुरा गरिरहेका छौ । तर समृद्धिको जग भनेको प्रविधि हो भन्ने कुरालाई आत्मसात गर्न सकेका छैनौं । विकसित देशहरुले प्रविधिको विकास गरेर समृद्ध भएका भएका हुन् भन्ने कुरालाई बुझ्न जरुरी छ संचालक अधिकारी बताउँछन् ।

२०६७ सालदेखि सञ्चालनमा आएको उक्त आईटी सेन्टर हाल कर्णाली प्रदेशको लागि सूचना प्रविधिका सामाग्री विक्रि केन्द्रका रुपमा आधिकारीक विक्रेता मानिन्छ । ल्यापटपको लागि एसस र डेल कम्पनी, एन्टीभाईरसका लागि केसेभेन टोटल सेक्यूरिटी, सिसि क्यामेरा, एक्सेस कन्ट्रोल नेटवर्किङ्गका लागि दाहुवा, नेटवर्किङ्ग प्रोडक्टका लागि आयूस कम्पनी र ईलेक्ट्रोनिक हाजिरी मेशिनका लागि जेटकेटी ईको कम्पनीको आधिकारी विक्रेताको रुपमा उक्त आईटी सेन्टर रहेको छ ।
विगतदेखि व्यापारिक क्षेत्रमा मात्र नभई अन्य विभिन्न सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका अधिकारी समाज रुपान्तरणको लागि सरकारको मात्र भर परेर नहुने बताउँछन् ।
एससको एक्सचेन्ज अफर सञ्चालन
उक्त एक्सचेन्ज अफरमा जुनसुकै व्राण्डका पुराना ल्यापटपसँग एसस कम्पनीको नयाँ ल्यापटप एक्सचेन्ज गरिने संचालक पूर्णदेव अधिकारीको भनाई छ ।
एक्सचेन्ज अफर अवधिभर न्यूनतम् मुल्यमा ल्यापटप खरिद गर्न सकिनेछ भने पुराना ल्यापटपको उचित मूल्यांकन गरी नयाँ ल्यापटपसँग एक्सचेन्ज गरिने सञ्चालक अधिकारीले जानकारी दिए ।
अन्य व्राण्डका ल्यापटपमा एक वर्षको मात्र वारेन्टी हुने बताउँदै सञ्चालक अधिकारीले भने, ‘एसस कम्पनीले नेपालमै पहिलोपटक ग्राहकका लागि २ वर्षको वारेन्टी सुविधा उपलब्ध छ ।’ संचालक अधिकारीका अनुसार साथै एसस कम्पनीको ल्यापटप खरिदमा ल्यापटप व्याग र एक्सेसरिज माउस निःशुल्क उपलब्ध हुनेछ भने उक्त कम्पनीका देशका जुनसुकै आधिकारिक डिलरमा निःशुल्क सर्भिसिङ्गको पनि व्यवस्था गरिएको जनाईएको छ ।
एसस कम्पनीका ल्यापटपमा नयाँ फिचरहरु राख्नुका साथै विश्वमै पहिलो पटक फोर–के डवल स्क्रिन ल्यापटप बजारमा ल्याईएको सञ्चालक अधिकारीले बताए ।
आधिकारीक विक्रेता नै किन ?
बजारमा सञ्चालन भईरहेका अन्य विक्रि केन्द्रहरुमा भन्दा आधिकारिक विक्रेताबाट गरिएको खरिद सामाग्रीको सुरक्षा हुने सञ्चालक अधिकारीको भनाई छ । उनका अनुसार अन्य विक्रि केन्द्रहरुमा वारेन्टीको विश्वास नहुने, बिग्रिएका पार्टस्हरुको तुरुन्त सर्भिसिङ्ग नहुने लगायतका विभिन्न समस्याहरु आउने गरेकोले आधिकारिक विक्रि केन्द्रमा त्यस्ता समस्याहरु नआउने र समस्या आएमा पनि तुरुन्त समाधान हुने जनाइएको छ ।
जेनुन् पार्टस, स्पेशियल ब्राण्ड अनुसार क्वालिटी मेन्टिनेन्स भएकोले आधिकारिक बिक्री केन्द्रमा अरुभन्दा केही रकम सस्तो पर्ने जनाइएको छ ।
‘बजारमा पाइने केही सामानहरु कर छली गरि ल्याइएका हुन्छन्’ सञ्चालक अधिकारीले भने, ‘आधिकारिक बिक्री केन्द्रमा सरकारलाई तिनुपर्ने सबै कर तिर्ने हुनाले थोरै महंगो हुन जान्छ ।’
आधिकारिक बिक्री केन्द्रमा खरिद गरेका सामग्री देशका जुनसुकै बिक्री केन्द्रबाट निःशुल्क सर्भिसिङ्गको सुविधा हुने भएकोले पनि आधिकारिक बिक्री केन्द्रबाटै सामाग्री खरिद गर्नुपर्ने सञ्चालक अधिकारीको भनाई छ ।






