Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

नापी कार्यालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन

सुर्खेत
नापी कार्यालय सुर्खेतको नवनिर्मित भवनको एक समारोहका बीच उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि नापी विभागका महानिर्देशक गणेश भट्टले उक्त भवनको उद्घाटन गर्नुभएको हो ।


कूल लागत ३ करोड ५८ लाख ८३ हजार ३ सय ७५ रहेको उक्त भवनको उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विशेष अतिथिको आशनबाट भन्नुभयो – यसरी यो भवन रंगीचंगी भएर संगारिएको छ त्यसरी नै यस भवनबाट हुने सेवाहरु पनि सुन्दर हुनुपर्छ । कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने र सेवाग्राहीलाई पूर्ण सन्तुष्ट पार्न सक्नु पर्दछ । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने, स्थानीय विकास अधिकारी अमृत लम्साल लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम नापी कार्यालय सुर्खेतका प्रमुख धर्मराज ओझाको सभापतित्वमा भएको थियो ।