Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

सुर्खेतमा तीज विशेष सांस्कृतिक कार्यक्रम हुने

सुर्खेत, २८ साउन ।
भदौ ३ गते सुर्खेतको वीरेन्द्रनगरमा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार सिंगारो म्युजिक प्राली सुर्खेतको आयोजनामा कार्यक्रम हुन लागेको हो । प्रालीले ‘अग्रज कलाकारलाई सम्मान, नवसर्जकलाई प्रोत्साहन कला संस्कृतिको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नजिकिदै गरेको हरीतालीका तिजलाई लक्षित गर्दै कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

कार्यक्रम घण्टाघर पार्कमा हुनेछ ।

रफत सञ्चार क्लब सुर्खेतले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सांस्कृतिक कार्यक्रम प्रालीका प्रबन्धक बिशाल ढकालले कला संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । ढकालका अनुसार उक्त कार्यक्रममा प्रवेश गर्नका लागि विधार्थीहरुका लागि ५० र अन्य सर्वसाधारण नागरिकका लागि १०० रुपैयाँको शुल्क लाग्नेछ ।

कार्यक्रममा गोपाल नेपाल जियम, टिका तारमी मगर, ध्रुव हिमाली, दिपासा बिसी, कमल बिस्ट, सुनिता बिसी, संचिता ठकुरी, पार्वति थापा, गणेश हमाल लगायत कलाकारको उपस्थिती रहने ढकालले जानकारी दिएका छन् । कार्यक्रम रफत सञ्चार क्लब सुर्खेतका उपाध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो । सांस्कृतिक कार्यक्रमको सह–आयोजक बिल फिल्मस प्राली सुर्खेत रहेको छ ।