Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

स्थानीय निर्वाचनमा राप्रपा पहिलो स्थानमा पुग्छ : राणा

क्विक खबर सम्बाददाता 

सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ट नेता पशुपति शमसेर राणाले अब हुने वैशाख ३१ गतेको निर्वाचनमा राप्रपा पहिलो शक्ति हुने बताएका छन् । पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा भएको चुनावी आमसभालाई सम्बोधन नेता राणाले यस्तो कुरा बताएका हुन् । राप्रपाले आयोजना गरेको कार्यक्रममा नेता राणाले भने – देशको राजनीतिक इतिहासमा देशले भोगिरहेको संकमण कालिन अवस्थालाई अन्त्य गर्नका लागि राप्रपा नयाँ शक्तिको रुपमा रहेको छ । उनले भने मुलुक संकटग्रस्त अवस्थामा छ । त्यसैले राप्रपा बाहेक अन्य पार्टीले चिर्वाचन जितेमा जनताले भविष्यमा पछुताउनु बाहेक अरु केही केही हु्ने छैन । नेपालमा भएका भ्रष्टाचारलाई बृद्धि गर्नका लागि तीन ठूला दलले प्रमुख भूमिका लेखेको बताए । बाढी पिडितहरु करिब साढे तीन वर्षदेखि पाल मुनी बसिरहेका छन् । साथै भूकम्प पिडितहरुको पनि कष्टकर बसाई छ । त्यस तर्फ यी दलहरुले किन काम गर्न सकेनन् त्यो नेपाली जनताको अगाडि छर्लङ्ग छ । त्यसैले देशको सीमा रक्षा गर्ने देखि धर्मको रक्षा गर्ने कार्यको जिम्मेवारी राप्रपाको काँधमा आएको छ । त्यसको रक्षा गर्नका लागि सम्पूर्ण सचेत नागरिकहरुले राप्रपालाई साथ दिन जरुरी छ ।

Image may contain: 7 people
उक्त कार्यक्रममा बोल्दै नेता राणाले भने भूकम्प पिडितहरुलाई राहत दिने कार्यमा जुद्ध शमसेरले गरेको जत्ति कार्य गर्न नसकेको भन्दै अगाडि भने अहिले ठूला तीन दलको विकल्पमा राप्रपा भएकोले जनताको जनलहर उर्लिरहेको छ । काँग्रेसले लिएको समाजवाद म्याद सकिएको औषधी जस्तो भएको बताउँदै उनले भने राप्रपाले जितेका स्थानहरुमा कुनै पनि शिक्षक एवम् कर्मचारी राजनीतिक दलिय करण हुन नपाउने र जनताको सेवा निस्वार्थ रुपमा गर्न लगाउने नीतिका साथ हामी अगाडि बढ्ने छौ । लोभ लालच देखाएर धर्म परिवर्तन भइरहेको छ त्यसलाई पूर्ण रुपमा निषेध गर्नका लागि राप्रपा अगाडि बढिरहेको छ तर कुनै पनि धर्मलाई भेदभाव नगरी सबै धर्मको संरक्षण गर्ने कार्य गर्दै राष्ट्रियता जोगाउने एक मात्र पार्टाी राप्रपा हो ।

Image may contain: 5 people
महिला, दलित, मुस्लिम, जनजाति, आदिवासी, पछिडिएको क्षेत्र लगायतका अल्पसंख्यक वर्ग र समुदायको लागि विशेष योजनाका साथ अघि बढ्दै महिलाको लागि विशेष प्याकेजको योजनाका साथ एक घर एक रोजगारीको व्यवस्था गर्दै बैदेशिक रोजगारमा जाने युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउने कार्यमा राप्रपा अघि बढिरहेकोले नेपाली जनताको राजनीतिक विकल्पको रुपमा अब अरु कुनै पार्टी नरहेको बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य कोमल वलीले भनिन् – दोस्रो जनआन्दोलन पछि देश ठूला भनाउँदा राजनीतिक दलहरुले गणतन्त्र नभई छाडातन्त्रमा परिणत गरिसकेका छन् । हाम्रो धर्म, संस्कृतिको रक्षा गर्दैै देशको सीमा रक्षाका लागि एउटा फरक राजनीतिक दलको आवश्यक महसुस गरेकै कारण राप्रपाले गति लिएको हो । अब राप्रपाको अभियान देशको अभियान र देशवासीको अभियान भएकोले सबै सचेत नेपाली नाागरिकहरु यसमा लाग्नु पर्ने बेला आएको छ । राप्रपा भनेको नेपाल आमाको रक्षा गर्नका लागि धर्मको रक्षा गर्नका लागि सदैब अगाडि बाढिरहेको छ । राप्रपाको प्रमुख एजेण्डा भनेको स्थानीय तहको निर्वाचन भएकोले जीत हार भन्दा पनि राप्रपा जित जितको लागि अगाडि बढिरहेको छ । यो निर्वाचनबाट नेपाली जनताले आफ्नो अधिकारको लागि स्पष्टताका साथ भोट हाल्ने र त्यो भोट गाई चिन्हमा हाल्नेमा म विश्वस्त छु किनकी नेपाल आमाको अस्तित्व रक्षाका लागि नेपाली जनता आफ्नो मूल्य र मान्यतालाई साँक्षी राख्नेमा म विश्वस्त छु । त्यसैगरी पूर्व सहायक मन्त्री मुकुन्द श्याम गिरीले भने हाम्रालाई भन्दा पनि राम्रालाई नेपाली जनताले विश्वास गर्नेछन् । जसको परिणाम नेपाली जनताले विजयी गर्नेछन् । यदि संवैधानिक व्यवस्था अनुसार निर्वाचन हुन नसके देशले ठूलो दुर्घटना भोग्नु पर्नेछ ।

Image may contain: 11 people
त्यसैगरी राप्रपाका युवा नेता कविराम पुरीले आफ्नो चुनावी मन्तव्यमा भने – नेपाली जनता आज भन्दा बिस वर्ष अगाडिको परिवेशमा छैनन् । नेपाली जनताले मडो बुद्धिमता पूर्ण तरिकाले मतदान गर्नेछन् । त्यसैले पञ्चपुरी नगरपालिका लगायतका स्थानीय तहमा अब राप्रपाको जीत सुनिश्चित भएको छ । त्यसमा राप्रपाले गर्नु पर्ने कार्यमा कुनै पनि कसर बाँकी राख्ने छैन र देशको एक नम्बर पार्टी बन्नेछ ।
कार्यक्रममा बोल्दै नेता मुकुन्दश्याम गिरीले भने भुकम्प पिडितको राहत खाने नेताहरुलाई जनताको अगााडि उभ्याएर त्यो राहत जनतालाई नै फिर्ता गराउनका लागि राप्रपा तयार छ तर त्यसका लागि त्यो पहुँचमा पु¥याउन जनताको शक्ति आवश्यक छ ।

Image may contain: 5 people
कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरि करिब आठ दर्जनले राप्रपामा प्रवेश गरेका छन् । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेताहरु केन्द्रिय सदस्य मिना स्वर्णकार, पूर्व सभापति बसन्त कुमार थापा, जिल्ला कार्य समिति अध्यक्ष मान बहादुर खड्का, नन्दा थापा छत्रपति थापा, राधिका थापा, कमलदेव जिसी, हरिलाल तारामी, भूमिप्रसाद जैसी, तुलाराम गिरी, श्याम पुरी लगायत जिल्ला कार्य समितिका पदाधिकारी एवम् सदस्य विभिन्न भातृ संगठनका पदाधिकारी एवम् सदस्य विभिन्न नगर तथा क्षेत्र र गाउँका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।

Image may contain: 8 people
कार्यक्रम जिल्ला कार्य समितिका सचिव जनक सिंह ठकुरीले संचालन गरेका थिए भने क्षेत्र नं. ३ का सभापति कर्ण बहादुर रेगामी मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।