गजल- कर्ण पत्थर

बर्षौंको परिश्रम जुवा बनेको छ
रगत र पसिनाको कुवा बनेको छ
म भोकै छु अनि नाङ्गै छु तर
छिमेकीको घरमा पुवा बनेको छ
हलो जोतोस,भारी बोकोस भनेर
धेरैको मन खुशीले भुवा बनेको छ
कसरी मलाई जित्ने हो भनेर
दुश्मन अचेल कछुवा बनेको छ
मसित बसेर एउटै थालमा खाने मान्छे
आज धेरै कुराचखुवा बनेको छ
जसरी भए पनि गन्तव्यसम्म पुग्नलाई
भन्दिनु कर्ण पत्थर बटुवा बनेको छ









