Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

अख्तियारले मनायो बार्षिकोत्सव

पार्वती थापा

सुर्खेत, २८ माघ २०७३ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय वीरेनद्रनगर सुर्खेतले आफ्नो २६ औंँ बार्षिकोत्सव एक भव्य र सभ्य कार्यक्रमको आयोजना गरी आफ्नै कार्यालयको प्राङ्गणमा मनाएको छ ।

कार्यक्रममा कविता वाचन गर्दै कवि भरत रोदन साउद

नेपालमा भइरहेको व्यापक भ्रष्टाचारको न्यूनिकरण गरी समृद्ध समाजको स्थापना गर्ने उद्देश्यका साथ स्थापना भएको अख्तियारले आफ्नो स्थापनाको २६ बर्ष पूरा गरेको अवसरमा बार्षिकोत्सव मनाएको हो । अख्तियार अनुसन्धान क्षेत्रीय कार्यालय सुर्खेतका निमित्त प्रमुख जंगबहादुर डाँगीको सभापत्वि एवम् क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका प्रमुख वेगेन्द्र राज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम संचालन भएको थियो ।

नाटक मञ्चन गर्दै कलाकारहरु

कार्यक्रममा नागरिक मञ्चका मणिकुमार पोख्रेल, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, उच्च बार एशोसियसन सुर्खेतका अध्यक्ष विवश कुमार बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सुर्खेत स्थित विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाज, बार एशसियसनका प्रमुख एवम् प्रतिनिधि, विभिन्न पेशा व्यावसायीहरुको समेत उपस्थिति रहेको थियो ।

नाटक मञ्चन गर्दै कलाकारहरु

उक्त कार्यक्रममा आरङ्ग नेपाल सुर्खेतद्वारा ‘परिणाम’ नामक नाटक समेत मञ्चन गरिएको थियो । उक्त नाटकको लेखन तथा निर्देशन नाटककार गणेशभक्त गौतमले गर्नुभएको थियो । कार्यक्रममा डिसेम्बर ९ अन्तराष्ट्रिय अख्तियार दिवसको अवसरमा भएको कविता प्रतियोगीताका प्रतियोगीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो ।