प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द
फाल्गुन १, २०७३-
लामो विवादपछि अन्तत: सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा तेस्रो स्थानमा रहेका डीआईजी चन्दलाई आईजीपीमा बढुवा गरेको खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए ।
बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।






