राप्रपालाई साथ दिनका लागि जनता तयार भइसकेका छन् : अध्यक्ष खड्का
राप्रपा र राप्रपा नेपाल दुई पार्टी एकिकरण भइसकेपछि बनेको राप्रपा नेपाली राजनीतिमा आफ्नो स्थान सुरक्षित गर्नका लागि संगठन विस्तारमा लागिरहेको छ । एकातिर संगठन विस्तार र अर्कोतिर तिर आन्दोलनको लागि तयार रहेको अवस्था छ । निर्वाचन आयोगले आफ्ना मुख्य एजेण्डाहरूलाई नै विधानबाट हटाउने निर्णय गरेपछि वर्तमान सरकारमा समेत प्रतिनिधित्व गर्दै आइरहेको पार्टि आन्दोलनमा जान तयार भएको छ । अन्य पार्टीको दाँजोमा पार्टीलाई पु¥याउनका लागि कुनै कसर बाँकी राख्दैनौ भनेर लागिरहेका नेताहरूले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बनाउने कार्यमा जिल्ला कार्य समिति सुर्खेतका अध्यक्ष मानबहादुर खड्कासँग क्वीकखबर डटकमका लागि मालती वि.क. ले गरेको कुराकानी :
तपाई त सुर्खेतको पाको राजनीतिज्ञ हुनुहुन्छ । अहिले कस्तो छ सुर्खेतमा पार्टीको संगठनीक अवस्था ?
सुर्खेतमा पहिलेको भन्दा पार्टीको संगठन निकै उत्साहजनक तरिकाबाट बृद्धि भइरहेको छ । हाम्रा नेता तथा कार्यकर्ताहरू संगठन विस्तारको लागि अहोरात्र खटिनु भएको छ । सुर्खेतमा मात्र नभई देशमा नै राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि बढिरहेको सबैले महसुस गरिरहेका छन् । नेपाली जनताको अबको आशा र भरोषाको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी हो । सुर्खेतमा भन्नु पर्दा आज भन्दा २ वर्ष पहिलेको दाँजोमा अहिले ३५ प्रतिशत जनताहरू राप्रपामा प्रवेश गरेका छन् जुन कार्यले निरन्तर रूपमा अगाडि बढाइरहेका छौ ।

स्थानीयस्तरको निर्वाचन घोषणा भइसकेको छ । सुर्खेतमा निर्वाचनलाई मध्यनजर गरेर यहाँहरूले के कस्ता कार्यक्रमहरू गर्नुभएको छ ?
देशमा निर्वाचन गराउनका लागि राप्रपा सरकारमा गएको छ । यसको उद्देश्य धाँधली रहित निर्वाचन होसु भन्ने मान्यता हो । निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि हाम्रो पार्टी सरकारमा गएको हो । अब कसैले पनि निर्वाचन राप्रपाको पक्षमा छ छैन भनेर कसैले दुविधा नमाने हुन्छ । कार्यकर्ताहरू हौसिएका छन् । कार्यकर्ताहरूको हौसला र जनताले राप्रपालाई गरेको मायाले देशका सबै निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको बढी भन्दा बढी सिट आउने सम्भावना छ ।
देशका ९ जिल्लामा तपाइँको पार्टीले निर्वाचन नै लड्न नपाउने भइसक्यो ? कसरी भयो यस्तो गल्ती ?
यो खास गरेर के छ भने राप्रपा नेपाल र राप्रपा दुई पार्टी थिए । यी दुई पार्टी बीच एकिकरण भइपछि एकताको लागि नयाँ कार्य समिति बनाउनु पर्ने हाम्रो पार्टीको केन्द्रिय समितिको निर्देशन पनि थियो । कतिपय जिल्लाहरूमा दुई पार्टी बिच भनेको समयमा अधिवेशन हुन सकेन । त्यत्तिबेला पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउने कार्यबाट बेलैमा सोच नपु¥याएकोले छुटेको हो । त्यो हामी स्वीकार गर्छौ । त्यसरी दल दर्ता नभएकोले त्यस्तो भएको हो । यो अहिले भन्दा पहिलेको राप्रपाका साथीहरूका कारणले गर्दा भएको हो । अधिवेशन भएपनि नभएपनि त्यत्तिबेला साथीहरूले निर्वाचन कार्यलयमा पार्टी दर्ता गराउनु पथ्र्यो तर त्यसमा केही लापरवाही भएकोले त्यसो हुन गएको हो ।
निर्वाचन आयोगले त राप्रपाको मुख्य एजेण्डालाई नै विधानबाट हटाइदिने निर्णय ग¥र्यो अब तपाईहरू के गर्नुहुन्छ ?
अब राप्रपाको मुख्य एजेण्डा भनेको हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्र थियो हो र छ पनि । अहिले केही राजनीतिक दलको प्रभावका कारण निर्वाचन गर्न नदिने षडयन्त्र भएको छ । सत्तामा रहेका ठूला पार्टीले राप्रपालाई सत्तामा समावेश गराएर हाम्रो एजेण्डालाई कुठाराघात गरेको छन् । त्यसैले निर्वाचन आयोगले हाम्रो एजेण्डालाई पाखा पार्ने काम गरेको छ । त्यसैको विरोधको लागि आज चैत्र ७ गते (आज) निर्वाचन आयोगमा धर्ना दिने र ज्ञापन पत्र बुझाउने कार्य सम्पन्न गरेका छौँ । एक हप्ता भित्र हाम्रो माग सम्बोधन भएन भने सरकार समेत छोडेर हामी जनताका वीचमा जान्छौ र जनतालाई सबै कुरा बुझाउँछौ अनि मात्र निर्वाचनको बारेमा स्पष्टताका साथ हामी जनता माझ जान्छौ । तर यो दुविधा कसैमा नहोस् कि हामी निर्वाचनको विपक्षमा छौँ ।
राप्रपा र राप्रपा नेपाल एक भइसकेपछि सुर्खेतमा भएको संगठन विस्तारमा उत्साह देखिएको छ भन्नुभयो । यो उत्साहसँगै स्थानीय निर्वाचनमा उमेद्वारको लागि तपाइँहरू आन्तरिक गृहकार्यमा जुट्नु भएको छ है ?
पार्टी एकिकरण भइसकेपछि हामीले जिल्ला अधिवेशन ग¥र्यो । जिल्ला अधिवेशनमा प्रजातान्त्रिक मूल्य र मान्यतालाई अगाडि राखेर हामी निर्वाचन मै जानु प¥र्यो । त्यसमा केही साथीहरूले निर्वाचन हार्नु भयो । म अध्यक्ष भएपछि निर्वाचनमा हारेका साथीहरूलाई एकजुट बनाएर अगाडि लैजाने क्रममा पार्टीको आन्तरिक निर्वाचन हारेका साथीहरूलाई मनोनित गर्दै सबैलाई समेटेका छौ । अहिले गाउँ गाउँमा, वडा वडामा उमेद्वार बन्नका लागि हाम्रा नेता कार्यकर्ता उत्साहित हुनुहुन्छ । अबको एक हप्तामा सबैको नाम आउने तयारी भएको छ । एक हप्ता पछि हामी नाम नै सार्वजनिक गरेर अगाडि बढ्छौ । सबैको आशा र भरोषाको पार्टीको रूपमा राप्रपा देखिदै गएको छ । यो सबैले महसुस गरेकै कुरा हो । त्यसैले सबैले उमेद्वारीको लागि आशा गर्नु स्वभाविक हो ।
निर्वाचन आयोगले राप्रपाको माग सम्बोधन नगरेको खण्डमा सरकारबाट बाहिरिने कुरा गर्नु भयो । सरकारबाट बाहिरिएपछि त तपाइँहरू पनि निर्वाचनको विपक्षमा लाग्नु हुन्छ होला नि ?
त्यो मैले अघि नै भनिसके । राप्रपा कुनै पनि हालतमा निर्वाचनको विपक्षमा छैन । किनकी जनताले स्थानीय निर्वाचनको स्वाद नचाखेको १९ वर्ष भयो । राप्रपा सरकारमा जानको मुख्य कारण भनेको निर्वाचन गर्नु हो । अहिले निर्वाचन आयोगलाई हतियार बनाएर अन्य पार्टीहरूले हमीलाई सँगैसँगै राखेर हामी माथि नै षडयन्त्र गर्ने जुन दुस्साहस गरेका छन् त्यो भन्दा ठूलो धोका केही होइन । उनीहरूले बुझेका छन् अहिले राप्रपाको एजेण्डाले जनता सबै त्यतातिर एकजुट हुन थाले त्यसले त्यो उनीहरूलाई सह्य भएन । अनि यो षडयन्त्र भयो । म भन्न चाहान्छु उनीहरूले जसरी ढुङ्गामुढा गरेर यो सत्ता पाएका छन् भोली त्यसरी नै ढुङ्गामुढाबाट यो सत्ता नजाओस् । निषेधको राजनीति गरेर सधैँ सत्तासिन हुन सकिन्छ भन्ने संकिर्ण सोच भएका मान्छेको सद्बुद्धि पलाओस् जसले गर्दा तोकिएकै समयमा निर्वाचन गर्न सहज परिस्थितिको सिर्जना होस् ।
अन्तमा केही भन्नु छ कि ?
सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद भन्न चाहान्छु । हाम्रो पार्टी निर्वाचनमा विश्वास गर्ने पार्टी हो । सत्ता भन्दा पनि निर्वाचन हुनुपर्छ भन्ने पार्टीको माग हो । हामीले शान्तिपूर्ण आन्दोलन गर्दा हाम्रो मागलाई सुनुवाइ भएन भने हामीले कडा आन्दोलनको घोषणा हुनेछ । अर्कोतिर निर्वाचन गराउनका लागि राप्रपाले खेल्नु पर्ने भूमिका खेल्न तयार छ । हाम्रो एजेण्डा माथि षडयन्त्र गरेपनि जनता हाम्रो पक्षमा छन् । राप्रपालाई साथ दिनका लागि जनता तयार भइसकेका छन् । निर्वाचनदेखि डराउनेहरूले हाम्रो एजेण्डा माथि प्रहार गरेका छौँ । यो हामीलाई सह्य छैन । त्यसरी हामी निर्वाचनसँग डराउने छैनौ । सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना ।






