Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

राष्ट्रिय प्रजातन्त्र पार्टीको गुर्भाकोटमा भेला

सुर्खेत

१३ चैत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी गुर्भाकोट नगरपालिका को भेला भव्यताका साथ सम्पन्न भएको छ । लक्ष्मी प्रसाद शर्माको सभापतित्वमा  बसेको भेलाले गुर्भाकोट नगरपलिकाको सम्पुर्ण वडाहरु समायोजन गरेको छ । उक्त कार्यक्रम पार्टीका पुर्व सहायक-महामन्त्री श्री मुकुन्दश्याम गिरी ज्यु को प्रमुख अतिथ्यामा सम्पन्न भएको थियो। गुर्भाकोट नगरपालिका अन्तर्गत का सम्पुर्ण १४ वडा वडा नै कार्यक्रमले समायोजन गरेको थियो ।

उक्त कार्यक्रम को अबसर पारी राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन गुर्भाकोट नगर कार्य समिति समेत गठन गरिएको छ। गोबिन्द थापा को अध्यक्ष मा १५ सदस्य कार्यसमिति चयन भएका छ्न ।यसै गरि युवक संगठन को उपाध्यक्ष मा प्रकाश बुढा र मनोज खड्का,सचीव मा भिम ब.खत्री,सह-सचीव मा हरि बुढा र कोषाध्यक्ष मा बिष्णु खड्का चयन भएका छन भने सदस्यहरुमा क्रमश: दिपेश पुन,माडिराम चन्दर,प्रेम वलि,वीर ब. सुनार,राज कुमार बि.क,चन्द्र ब. घर्ती,दिपक थापा,नमराज वलि, मेघ ब. वलि चयन भयका छन ।

उक्त कार्यक्रम मा प्रमुख अतिथि पार्टी का वरिष्ठ नेता मुकुन्दश्याम गिरी ज्यु हुनुहुन्थ्यो भने कार्यक्रमको विशेष अतिथि को आसन ग्रहण पुर्ब जि.बि.स. सभापति श्री ओम ब. जिसी ले गर्नु भएको थियो। त्यसै गरि कार्यक्रममा जिल्ला उपाध्यक्ष इश्वर कुमार श्रेष्ठ,छत्रपति थापा , जिल्ला सचीव जनक शिह सह- सचीव कमल जि. सी लगायत को उपस्थिति रहेको पार्टी का जिल्ला सदस्य तथा सञ्चार प्रतिनिधि प्रेम बि.सी ले जानकारी दिनु भएको थियो ।