Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

म्यादी प्रहरीको लागि भर्ना प्रक्रिया शुरु

१९ चैत्र २०७३, सुर्खेत

स्थानीयतहको निर्वाचनको तयारी गर्ने क्रममा आवश्यक पर्ने जनशक्तिको तयारीमा नेपाल सरकार जुटिसकेको छ । सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउनका लागि म्यादी प्रहरीको भर्ना प्रक्रिया शुरु भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार सुर्खेतमा ३ हजार ८ सय ३४ जनाले दरखास्त फाराम भरेका छन् । तिनीहरु मध्यबाट ८ सय ५२ जना मात्र छनोट हुनेछन् ।

छनोट प्रक्रियामा पहिलो चरणमा आजबाट दौड शुरु भएको छ । १८ देखि ३८ वर्ष उमेरकालाई १ किलोमिटरको दुरी ५ मिनेटमा र ३९ देखि ५४ वर्षसम्मकालाई १० मिनेटमा उक्त दुरी पार गर्नु पर्ने प्रावधान रहेको छ । दौड र अरु शारीरिक छनोटमा पास भएपछि लिखित र अन्तरवार्ताको प्रक्रिया शुरु हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहन आचार्यले बताउनु भयो ।