Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

पत्रकार उदयसिंह श्रेष्ठ केन्द्रिय सदस्यमा मनोनित

नेपालगन्ज, २० चैत्र  ।

राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मुख्य एजेण्डाका साथ निर्वाचन आयोगमा दर्ता भएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी)को संस्थापक सदस्यमा बाँके जिल्लाका बरिष्ठ पत्रकार उदयसिंह श्रेष्ठ केन्द्रिय सदस्यमा निर्वाचित गरिएको छ ।

एराप्रपा (राष्ट्रबादी)को संस्थापक सदस्यहरुमा बाँके जिल्लाबाट कृष्ण प्रसाद खरेल र तेज नारायण कँडेल समेतलाई निर्वाचित गरिएको छ । ३४ वर्षदेखि संचार क्षेत्रमा निरन्तर संलग्न केन्द्रिय सदस्य एवम् बरिष्ठ पत्रकार श्रेष्ठलाई एराप्रपाका हाइकमाण्डले मिडिया क्षेत्रमा संयोजन गर्ने गरी थप जिम्मेवारी दिएको छ । बरिष्ठ पत्रकार श्रेष्ठ मिडिया नेपालको केन्द्रिय उपाध्यक्ष तथा मध्यपश्चिम क्षेत्रका संयोजक समेत हुनुहुन्छ । नव गठित एराप्रपा (राष्ट्रबादी)को सम्पन्न पहिलो बैठकमा बैशाख ७ गते भित्रसम्ममा ७५ वटै जिल्लामा तदर्थ समितिका साथै बाँकेबाट निर्वाचित गरिएको तीन जनता केन्द्रिय सदस्यलाई भेरी अञ्चलका जिल्लाहरुमा तदर्थ समिति गठन गर्न जिम्मेवारी दिनुका साथै स्थानिय निर्वाचनको लागि उम्मेदवारहरुको रणनीति बनाई अगाडि बढ्ने थप जिम्मेवारी दिइएको छ ।

एराप्रपा (राष्ट्रबादी) को पहिलो बैठकमा छलफल तथा प्राप्त जिम्मेवारी अनुसार चैत्र महिनाभित्र बाँके जिल्लामा तदर्थ समिति लगायत नगर, वडा तथा गाउँ–गाउँमा वडा समिति गठन हुने केन्द्रिय सदस्य श्रेष्ठले बताउनु भयो । बाँके जिल्लामा व्यक्तिगत रुपमा राम्रो छबी निर्माण भएकोले एराप्रपा (राष्ट्रबादी) छिट्टै नै जनतासामु लोकप्रिय हुने केन्द्रिय सदस्य श्रेष्ठले दाबी समेत गर्नु भएको छ । एराप्रपा (राष्ट्रबादी)को बाँके जिल्ला तदर्थ समिति तथा सम्पर्क कार्यालयको लागि केही दिनमैं सबैलाई पायक पर्ने सुर्खेत रोडमा कार्यालय संचालनमा आउने समेत बताइएको छ । एराप्रपा (राष्ट्रबादी) घोषणा लगत्तै बाँके जिल्लामा हजारौंको संख्यामा सहभागीता हुने प्रतिबद्धता समेत जनाइएको कारण आउँदो स्थानिय निर्वाचनमा राम्रो स्थान पाउन सक्ने सम्भावना समेत रहेको देखिएको छ ।