गजल -विमल कुमार श्रेष्ठ
यी आँखा सुदिन हेर्न कुर्छन आजभोली
कुर्दा कुर्दै दुई चार शेर फुर्छन आजभोली
बुझ्न नसकिने स्वर्थी समयको भुमरिमा
जहाँ घाउ छ त्यहीँ मत्र थुर्छन आजभोली
जनतासंगै चन्दा अनि भोट पनि उसकै
चुनाव जित्न नेताहरु दगुर्छन आजभोली
जति देखाएनि आश जनतालाई आखिर
स्वार्थको कालो बादलले पुर्छन आजभोली









