Loading... आजः २९ आश्विन २०८३, बिहीबार । Thursday 15th October 2026

मुक्तक -पूर्ण देवकोटा

(१)

त्यो दिल भित्रपनी मायाको बास हुनुपर्छ

यस्तो होस कि यो धर्ति मै खास हुनुपर्छ

कलियुगमा नि तिमी राम र म सिता जस्तै बनी

भन्छे सबैको धड्कन अनी सास हुनुपर्छ

(२)

यहाँ जताकतै भ्रष्ट्रचार चलिरहेछ

यस बाट नै जीउने आधार चलिरहेछ

सरकार किन आवाज उठाउदैन

यस कुरामा शरीर बेचेर पनी व्यापार चलिरहेछ