Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

सुर्खेत पत्रकार महासंघमा भारतीको नेतृत्व विजयी

सुर्खेत, १० बैशाख । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको १० औं जिल्ला अधिवेशनमा गणेशकञ्चन भारती नेतृत्वको संयुक्त प्यानल बिजयी भएको छ ।

भारती दोस्रोपटक अध्यक्षका लागि विजयी भएका हुन । भारतीको नेतृत्व संयुक्त प्यानलले एक सदस्य बाहेक सवै पदमा कव्जा जमाएको छ भने केन्द्रीय पार्सदमा पनि एक जना बाहेक अन्य १३ जनाले जितेका छन् । प्रदेश पार्सद भने निविरोध चयन भएको हो ।  यस्तै महिला उपाध्यक्षमा माया थापा र मधेसीसदस्यमा संगीता शुक्ला निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा भारतीले ७३ मत ल्याइ बिजयी भएका छन्भने उनका प्रत्यासी लक्ष्मण भण्डारीले ६३ मत ल्याएका छन् । खुल्ला उपाध्यक्षमा संयुक्त प्यानलका ललित बसेलले ७४ मत ल्याइ बिजयी भएका छन भने उनका प्रत्यासी दिपक बुढाले ६३ मत ल्याएका छन् ।

Ganesh Kanchan Bharati's Profile Photo, Image may contain: 1 person, smiling, sunglasses

सचिवमा संयुक्त प्यानलका सुदीप पुरीले ७७ मत ल्याइ बिजयी भएभने उनका प्रत्यासी विनोद शाहीले ५९ मत ल्याएका छन् । कोषाध्यक्षमा संयुक्तकै टेकेन्द्र विश्वकर्माले ७१ मत ल्याइ बिजयी भएभने उनका प्रत्यासी कृष्ण आचार्यले ६५ मत ल्याएका छन् । खुल्ला सहसचिवमा संयुक्तका ललित गाहाले सर्वाधिक ८१ मत ल्याइ बिजयी भएका छन्भने उनका प्रत्यासी जीवन शाहीले ५५ मत ल्याएका छन् । समावेशी सहसचिवमा संयुक्त प्यानलका नन्दबहादुर गेलाङले ८० मत ल्याइ बिजयी भएका छन्भने उनका प्रत्यासी सरस्वती गौतमले ५३ मत ल्याएकी छन् । अध्यक्ष भारती, कोषाध्यक्ष विश्वकर्मा र खुल्ला सचिवमा निर्वाचित गाहा यसअघिको कार्यसमितिमा पनि अध्यक्ष, कोषाध्यक्ष र सदस्य थिए ।

यस्तै खुल्ला सदस्यमा खगेन्द्रप्रसाद अधिकारी (७९), चिन्तामणि क“डेल (७७), पुरुषोत्तम सापकोटा (७८), भीमप्रसाद पौडेल (७२), रमेशकुमार पाण्डे (७५) र मुना हमालले (६५) मत ल्याइ बिजयी भएका छन् । महिला सदस्यमा सविता जिसीले (६९), दलित सदस्यमा गोविन्द विकले (७०), जनजाति सदस्यमा नरजन तामाङले (६९) र अल्पसंख्यक सदस्यमा अशोक राजीले (६९) मत ल्याइ बिजयी भएका छन् ।केन्द्रीय पार्सदहरुमा कलेन्द्र सेजुवाल (८०), देवराज जैसी (६७), नरेशसिंह थापा (६९), प्रकाश लामिछाने (८०), भानुभक्त खड्का (७६), मोतीलाल पौडेल (६८), रमेश शाही (७१), राजु कोइराला (६९), सुरेश पन्त (६८), सुशील शर्मा (८३) र युवराज शर्मा (६७) मत ल्याएर बिजयी भएका छन् । त्यस्तै महिला पार्सदमाकोमल शाही (७५), लक्ष्मी भण्डारी (७२) र कृष्णा रेग्मी (७०) मत ल्याएर बिजयी भएका छन् ।
यसैवीच नवनिर्वाचित अध्यक्ष गणेशकञ्चन भारतीले जिल्लाको पत्रकारिता क्षेत्रमा सवै पत्रकारहरुलाई समेटेर अगाडि बढ्ने र जिल्लामा मर्यादित पत्रकारिता बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । साथै निर्वाचनमा सहयोग गर्ने सवैप्रति पनि धन्यवाद व्यक्त गरे ।