Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

सन्तान भएर पनि निसन्तान – कथा

परिच्छेद १

निरज कुमार सिंह

धेरै वर्ष अगाडीको कुरा हो । कुनै एउटा गाउँ थियो । त्यो गाउँ अतिनै विकट थियो । तर विकट भएतापनि उतिकै हरा वरा प्राकृतिक सौदर्यले भरीएको वनजङगलको बीचमा थियो । त्यो गाउँमा बस्नुको अर्कै आनान्दको अनुभुति हुन्थ्यो । किनभने त्यो गाउँको वरीपरी वनजङगल भएको कारणले त्यस वनजङगलमा पाइने हजारौं जातजातिका पशुपँञ्छीहरुरुको मधुरमय आवाज दिनभरी कानमा गुण्जीरहेको हुन्थ्यो । र कुनै काम गर्दा पनि समय वितेको थाहा हुदैन्थ्यो । पँञ्छीहरुकै मध्य पनि एउटा सिमल चरी सुमधुर संङगित जस्तै विरहको आवाजमा रातादिन बासीरहन्थ्यो । पहिलेका मानिसहरुको भनाई अनुसार त्यस सिमल चरिको एउटा छुटै दुःखमय बिलौना रहेको थियो । त्यस चरीको आवाज यस्तो थियो ‘सिमल गोल, गोल ! बमन काठान पोल, पोल ! भन्ने आवाज रात दिन विलौन गरि बासी राखेको सुनिन्थ्यो । त्यस चरीले वामनलाई गालि गरी बास्नुको कारण एउटा थियो रे ? परम्परागत भनाइ अनुसार एउटा लाभी बामन थियो रे ? त्यस वामनको काम भनेको जहाँ कँही विवहा पूजा आर्दन म¥यो ब¥यो त्यहाँ जानै पर्ने हुन्थ्यो रे ? कुनै एक समयमा त्यो लाभि वामनलाई खाने खेती ढल्याउनु पर्ने भएछ त्यसैले उसलाई आफ्ना धान मार्नु पर्ने भएछ । र धान मार्न सुरु गरेछ । उतावाट जजुमानहरुको श्राद आइ रहेको हुन्छ । त्यस लाभि बामनलाई धान छिटो डल्याएर सम्पूर्ण गाँउ वासीहरुको श्राद पनि मेट्नु पर्ने थियो । त्यसैले उसले धान मार्दै गर्दा धान मारेर कहिलै नसकिने अनुमान ग¥यो र लाभि वामन दिक भएर श्रादमा जानको लागि धानको कुन्यूमा आगो हाल्दियो । खास धान नसकिनाको रहस्य अर्कै थियो । त्यो धानको कुन्यू भित्र सिमल चरी पसेको थियो रे । त्यसैले धान मारेर सिदेका थिएन रे । लाभि वामन धानको कुन्यूमा आगो हालेर गयो रे केही समय पछि सिमल चरी प्वाँखहरु जल्दै नाङ्गो शररिमा धानको कुन्यूबाट बाहिर बाहिर आएको थियो रे त्यस पछि सिमल चरी उड्न नसक्ने भई सके पछि आफ्नो स्वर बदलेर लाभि वामनलाई आँसु झार्दै यसरी गालि गर्न लागेको थियो रे ? ‘सिमल गोल गोल ! बमन काडान पोल पोल ! भनि बास्ना लाग्यो रे त्यसै समयमा हजारौं चराहरु उसलाई भेट्न आएर उसलाई सहयोगको रुपमा दया मानेर सबैलै एकएक वटा प्वाँखहरु दिएका थिए रे त्यस पछि उ उडन सक्ने पनि भयो त्यतिकैमा उ रङगी विरङ्गीका प्वाँखहरुले गर्दा सवै चराहरु देखि सुन्दर भयो रे । यस चराको दुःखमय आवाज त्यो गाउँको जङ्गलमा रातदिन बासिरहने हुदा त्यस गाउँका मानिसहरु कठै ! सिमल चरिको बासाई भन्दै दुःखमय आनन्दमय अनुभुति गर्थे । त्यस गाउको वातावरण त्यति रमणिय भए पनि त्यस गाउँका मानिसहरु धेरैजसो अनपढ र अबुझकार थिए । अरुको कुरा सुन्दैन्थे आपmनै जिदी गर्थे । खाली समयमा आफना घराइसिक सामान आसी बन्चरा कर्जा राखेर जुवा तास खेलेर जाँड रक्सि खाएर गाउँमा झैं(झगडा गरेर भाँडझैलो मचाउने बाहेक अन्य कार्य गर्दैन्थे । त्यो गाउँको बीचमा एउटा मस्ट माई मन्दिर थियो । त्यस मन्दिरमा पुजा गर्नुको सटा त्यस मन्दिरमा भएको मुर्तीहरु बहुमुल्यमा बिक्री हुन्छन भनि केहि पनि राखेका थिएनन ।
त्यसगाँउका अलिकति बुझन्ने भनेका अतिनै रमाइला र हाँसो मजा गर्ने हरीवाम थिए । उनी अर्काको सहयोग भनेपछि हुरुकै हुन्थ्ये । हरिवामकी बुढीको नाम चमेली थियो । उनको घरमा सुखी परिवार थियो । एउटा छोरा र छोरी मात्र थिए । छोरी लक्ष्मी १५ बर्षकी र छोरा विर्खे १२ बर्षको थियो । छोरो इमान्दार थियो छोरी पनि एक दमै लगनसार र सय लक्षणकी थिइ । हरिवामले यी दुइ छोरी र छोराको मुख देख्नै सजि पैसा कमाउने निउ पारेर आफनी श्रीमतीलाई नभनी इन्डीया गएर परिवार बन्ध्याकरण गरेर आएका थिए । परिवार बन्ध्याकरण गरि घर आएपछि हरिवामले आफनी श्रीमती चमेलीलाई भन्दा थोरै झगडा परेको थियो । हरीवामले चमेलीलाई गहिरो पाराले सम्झाएपछि चमेलीले ठिकै छ त्यसो भए भनि मिलाप भएको थियो । हरिवामको गाउँ अतिनै विकट भएको कारणले त्यस गाउमा दुइ वटा कुराको अतिनै आवश्यक पर्ने एउटा खाने पानी र अर्को विद्यालयको दुरी टाढा रहेको थियो । खाने पानी ल्याउनलाई करीव एक घन्टा हिनी एउटा सानो खोला पार गरेर जानु पथ्र्याे । त्यसो पढाइको लागि विद्यालय जानु पर्दा एउटा घनघोर जङगल पार गरि करीब दुइ घन्टा हिने पछि मात्र विद्यालयको मुख देखिन्थ्यो । खास त्यस गाउँका मानिसहरु शिक्षामा कमजोर हुनुका कारणहरु यिनै थिए । हुन त परम्परागत मान्यता अनुसार पढनु पर्छ भन्ने जनचेतना कसैमा पनि पैदा भएको थिएन । जसले सम्पति बढी पाल्छ त्यही नै धनीमानी ठान्थे त्यहीने स्रबग्य मान्थे । त्यसगाउँका अलिकति बुझकार भनेका हरिवाम थिए । उनी पनि छोरा छोरी लाइ पढाउनु पर्छ त भन्थ्ये तर छोरीलाई पढाएर काम छैन अर्काको घरमा जाने जातलाई के पढाउनु छोरालाई भने पढाउनै पर्छ भन्ने धारणा थियो । त्यहि कारणले उनको विचारमा छोरा विर्खेलाई पढाउने छोरीलाई घरको काम सम्पुर्ण सिकाउने किनभने अर्काको घरमा जाने जात अहिलेनै नसिकाएपछि छोरीले घरजम गर्न कठिन हुन्छ भन्ने सोचाई थियो ।
परिच्छेद २
त्यस गाउँका मानिसहरु पहिलेकै रुढीवादी परम्परामा आधारित थिए । जात भात देखि धर्म कुसंस्कार र भुतपृत मसान जस्ता लागन भागन विविध पक्षको मान्यतामा बाँचेका थिए । कुनै एकदिनकोे कुरा हो । त्यस गाउँका रामबहादुरका छोरालाई एकासी राती पखला लाग्यो त्यसलाई औषधी गर्नको लागि कुनै मेडिकलहरु पाइदैन्थ्यो उपचारको लागी उहि नेपालगञ्ज लिनु पथ्र्यो उसलाई पखलाले भौतारिएर विहोस अवस्थामा मृत्यूको मुख सम्म पुगी सकेको थियो । औषधी गर्नको लागी गाउँमा कुनै मेडिकल समेत पाइदैन्थ्यो । उपचारको लागि उही नेपालगज्ज लिनु पथ्र्यो । नेपालगञ्ज लिनको लागि पनि केही आर्थिक समस्याले सताउथ्यो भने केही त यातायातको असुविधाले त्यतिमात्र नभएर गाउँका मानिसहरुमा सहयोगको सदभावना कम थियो । यति हुदा हुदै विहानको चार बजेको थियो । त्यस गाउँका छिमेकीहरु रामवहादुरको घर आई कस्लाई के भो भन्दै रामवहादुरलाई प्रश्न गर्न थाले रामवहादुरले भने ! हिजो गुहाला गएको थियो छोरा आजराती एकासी विरामी भो भन्दा त्यस गाउँका मानिसहरुले त्यलाई केही लागेको हुनु पर्छ बरु तुरुन्तै झाँक्रीलाई बोलाइहालौ भन्दै औषधीको सट्टा त्यस गाउँको हर्के भन्ने झाँक्रीलाई ल्याएर कुटी बुटी गर्न थाले र त्यसपछि झाँक्रीले रामवहादुरको छोरालाई गुहाला गएको बेला जङगलमा मुसानको मुख परेको कारणले मसान लागेको छ बालकलाई बचाउने हो भने मसानलाई कालो बोको संगै पुर्व तिर पुजा दिनु पर्छ नत्र यो बाल मर्ने छ भन्दै आफनो बाहान पुरा गरी झाँक्रीले देउतालाई शान्त पा¥यो । त्यस पछि पुजाको लागि कालो बोके खोज्नु पर्ने भो त्यसैमा पनि रामबहादुर गरिव थियो कसैले पनि पत्याउदैनथ्ये किनकी उ तल्लो जातको मानिस थियो । फलाम पिटेर खलो मागेर आफना बालवच्चाहरु पालेर गुजारा चलाई राखेको थियो भने उसलाई पुजा फाल्नको लागि बोके कस्ले पत्याउथ्यो र ? यतिकैमा त्यस गाउँका हरिवामले रामबहादुरलाई बोके म दिन्छु रामबहादुरको छोरा बाच्छ भने भन्दै बोके दिई तत्कालै दोवाटोमा पुजा दिन गए र आधी घन्टा भित्रै मसानलाई पुजा दिई घर नपुग्दै रामबहादुरको छोराको मृत्यू भईसकेको थियो । सबैजना पुजा लाएर रामबहादुरको घरमा पुगे त्यहा रुवाबासी चलेको थियो । सबैजनाले निन्याउरो अनुहार लगाए त्यस पछि त्यस गाउँका हरिवामले हर्के झाँक्रीलाई ए ! झाँक्री दाई मसानलाई पुजा दिएर पनि रामबहादुरको छोरा किन म¥यो ? भन्दा हर्के झाँक्रीले भन्यो हजुर साप मसानलाई पुजा लाउन अलिकति ढिला भएछ भनि जफाब दिएको थियो । त्यतिकैमा पखलालागेर मरेको रामबहादुरको छोरालाई दासस्कारको लागि मसान घाट तिर लगियो र झाँक्री भने कालो बोके बोकेर घर तिर लागेको थियो ।
परिच्छेद ३
करिब एक महिना पछिको कुरा हो । बर्खामास लागेको थियो । चारैतिर हरीयाली छायाको खोला नाला बढेर बाढी पहिरो गई रहन्थ्यो । कहिलै वाल्ना डाँडा घाम कहिले पाल्ला डाँडा घाम भनेझै कहिलै झ्रयाम पानी पथ्र्यो भने कहिले झ्रयामै घाम लाग्थ्यो छिनछिनमा यस्तै हुन्थ्यो बर्खामासमा किसानहरुलाई बारीमा काम गर्दा पानीमा भिजीभिजी भएपनि गर्नै पथ्र्याे, त्यति बेलाको परम्परागत मानिसको भिन्नै अबसोच थियो छोरीलाई घाँस दाउरा पानी पुध्यारो गर्न लगाउने छोरालाई पढ्रन पठाउने चलन चल्ती थियो । त्यस गाउँमा खाने पानीको लागि धेरै दुःख थिए खाने पानी ल्याउनको लागि एउटा सानो खोला पार गरि करिव एक घण्टा टाढा जानु पथ्र्यो । त्यस गाउका हरिवाम अलिकति गाउँका मुख्या जस्तै व्यक्ति थिए उनका सन्तानको रुपमा एउटा छोरा एउटी छोरी मात्र थिए उनकी श्रीमती चमेली लगाएत चार जना परिवार थिए र अति नै मिलनसार र मयालु स्वभावका थिए । त्यस मध्ये पनि हरिवामकी छोरी लक्ष्मी पूर्णिमाकी जुन झंै झलमल्ल बलेकी बत्ति झै सुन्दर थिइ उ असाध्ययी लगनसार र कामदार थिइ । उ सधै बिहान पाँच बजे उठी गाई भैसीलाई घाँसपात हाली आफनो ठेक्का लागे जस्तै काम पानी पधेरो तिर लाग्थी । एकदिनको कुरा हो त्यो रात आकाशबाट पानी परेको प¥यै थियो उसलाई त्यो रात निर्दा लागेकै थिएन उ चिन्तामा थिई बिहान पानी(पानी कसरी खाने पानी लाउन जाने होला भनि सोचिरहेकी थिई त्यतिकैमा विहान उज्यालो पनि भएको थियो । र हरिवामकी छोरी अछ्रयान बाट जुरुक्क उठी अाँखा मिन्दै आफ्रनो कोठाको ढोका खोली बाहीर तिर आकाशे पानी फाट्यो की फाटेन भनी हेर्छे र पनी थोरै रिमझिम परि राखेको थियो । त्यतिकैमा विचार गर्छे यो पानी फाट्न्यारो होईन भन्दै खाने पानी ल्याउनको लागि पिठ्यूमा गाग्री बोकी हातमा जलेको अङगार लिई अङगारले दाँत माझ्दै आफ्नो पधेरो तिर लागिन हिन्दै गर्दा आकाशबाट रिमझिम पानी परेको जताततै चारैतिर कुइरोले वनजङगललाई ढाकेको आकाश गडाङगुडीङ चट्याङ चुटिङ आवाज निकालेको निकाल्यै थियो । उनका मनमा थोरै डर लागेकै अबस्थामा आकाश पट्कीदा कहिलै मरै ननीक चट्याङ पर्ने त होइन भन्दै पल्ट पल्ट झस्याङ झस्याङ अाँखा चिम्म चिम्म पार्थिन र आफ्नै छोरीको जातलाई धिकार्थीन कति मन सानो भएको हो भन्दै जादा खाने पानीको नजीक पुकेको थाहै भएन उनले पहिले आफ्नो सरसफाइ गरि हातमुख धुदै गर्दा छोरीको कस्तो कर्म रहेछ भन्दै एउटा विरहको गीत गाउन थालिन …
विहान उठी दैलो र कुचो पानी र पधेरो
सवै संगि स्कुल जादा हुन्छ मन अधेरो
छोडेन बाबा छोडेन आमा खुर्पेटो डोकोले
जिवन मेरो रोइ रोइ वित्यो पढ्ने धोकोले
विहान उठी …………………………
त्यस पछि खाने पानी भरी आफ्नो बाटो तिर लागिन त्यतिबेला आकाशे पानीले झरी बर्षाएको थियो २०÷२५ मिनेट भित्रै आकाशे पानीको भेलले गर्दा एक्कासी साना साना खोला खोल्स्याउराहरु भलले बढेका थिए । त्यतिकैमा एउटा खोलाको नजिक आईन खोला बढेको थियो । उनले खोला तर्न सुरु गरिन बीचमा आउदा त खोला बढेर झन उनको कम्मरसम्म आएको थियो । खोलामा पाइला सार्दै गर्दा एक पटक एक्कासी लटपटिदा उनि खोलाको बीचमा ढल्न बाध्य भइन र आफुले बोकेको बरीयो आफ्नै मुन्टोमा परी पासो लगाएझै भएर खोलाले बगाएर उनलाइ करिब ५०० मिटर तल तिर लिएर खोलाको किनारामा लगायको थियो । उनका दुइटै खुट्टा र मुन्टो भाचि मारी सकेको थियो ।
परिच्छेद ४
करीब डेर घन्टा पछिको कुरा हो । उनका बाबु हरिवाम र आमा चमेलीले छोरी पानी बाट किन आइन भनि कुरा गर्न थाले र चमेलीले हरिवामलाई छोरी किन आइना भनी खोज पठाइन र हरिवाम छोरीको खोज तिर लागे जादै गर्दा बाटोमा कालो बिरालोले बाटो काट्यो त्यतिबेलै उनले केही सङका गरे आज छोरीलाई पक्कै केसैले अप्ठ्यारोमा पारेको हुनु पर्छ भनि सोच्दै हिन्दै गरेर खोलाको नजिकै पुगे खोला बढेको देखे कहिलै यसै खोलामा त परिन भनि सोचे केही टुङगो लाउन सकेनन र पानीको पधेरो सम्म पुग्छु भनि हिन्दै गरें धाराको नजिक पुगें छोरीलाई देखेनन निरास भए र एक्कासी कालो कौवा उनको अगाडि आएर कराउन लाग्यो त्यसपछि हरिवामले छोरीलाई आजैका दिनवाट गुमाइयो भन्दै त्यस पानीको धाराबाट घर आउनु र मर्नु वरावरै भएको थियो । हरिवाम त्यहाँवाट छोरीलाई बाटोको तलमाथि हेर्दै खोलाको नजिक आए खोलामा हेर्दै गर्दा पहिले खोलाको किनारमा कुच्चेको गाग्रोलाई देखे त्यस पछि अलि तल गए छोरीको लासलाई खोलाको किनारामा लगाएको देखे झन निरास भए र छोरीलाई समातेर कठै ! मेरी एउटा मात्र छोरीलाई के दैव लागे भन्दै रुदै आँसुका लरविर छार्दै त्यस खोलाको किनारा देखि केही पाखा ल्याइ आफ्नै खोरुनु ढुङगा हान्न थाले हरीवाम केही ठुलो आवाजमा कराएको चमेलीले मधुरो मधुरो आवाज माथि घरमा सुन्दा चमेलीलाई पनि संका पस्यो र कराउन थालिन गाँउका मानिसहरु एकै छिनमा जम्मा भएर तल खोला तिर लागे हिन्दै गर्दा गाँउलेहरु भन्न थाले १६ वर्षकी तरुनी फुल झंै फक्रिएकी थिई कति मिठास पूर्ण वोलीचालि थियो भन्दै त्यही लास सम्ममा पुगे र सबैले सल्ला गर्न थाले अव के गर्ने मान्छे मरिसकेपछि हामीले गर्ने कर्तव्य गर्नै पर्छ । अव यस खोलामा दासंस्कार गरिदिनु पर्छ बरु चमेलीलाई सबैले हात समातेर यहाँबाट घर लिदै गरे हुन्छ र केही मानिसहरुले लिन लागे चमेली भने छोरीको शरीरलाई अङगालो हालेर रुदै कराउदै म पनि यही मर्ने हो भन्न थालिन त्यति भन्दा भन्दै सबै मानिसहरु लागि चमेलीलाई मरेकी छोरीको अङगालो बाट छुटाएर घर तिर ल्याए अन्य मानिसहरुले दासंस्कार गरेर साँझ घर फर्के ।
परिच्छेद ५
हरिवाम र चमेली घरमा दुःखका कुरा गर्न थाले छोरीको सन्तानवाट निसन्तान … भइयो भनि विलौन गर्न थाले र अव सन्तानको रुपमा यही एउटा विर्खे छ यही पनि केही कतै केही भयो भने हामी कसको मुख हेरी वस्ने हो, यदि यस्तै भयो भने त हामी बाँचेको केही साध्य छैन भन्दै वाहिर आएर छोरी वगेको खोलातिर हेर्न थाले र भित्रवाट विर्खे छोरा हतार हतारमा बाहिर आएर आमा आमा उता बाट तिहार आएको छ दिदि मरीजानु भो महिले भाइ टिका को संग लगाउने भनेर प्रश्न गरेको थियो । त्यति वेला चमेली र हरिवामले केही उत्तर दिन सकेनन केही छिन पछि सोचेर भने एउटा धर्म वहीनी गराइदिउला भनि छोराको चित्त वुझाए फेरी छोराले एउटा प्रश्न ग¥यो । बाबा बाबा म अव देखि स्कुल पढन जान्न ? हरीवामले भने किन ! यो के कुरा वोलेको छोरा तँ त पढन जानै पर्छ ! अहिले हामी पढेका हुन्थ्यू भने यसरी हलो जोत्नु पर्दैन्थ्यो होला तँले के कुरा गरेको हँ बाबु ? छोराले जवाफ दियो तपाइको कुरा त ठिकै हो तर हाम्रो गाउँमा स्कुल छैन । स्कुल जानलाई २ घण्टा घनघोर जङगल काटेर जानु पर्छ । जङगलमा विभिन्न किसिमका जङगली जनावरहरु फेला पर्छन कति डर लाग्छ मलाई त ! कुनै बेला आफुतीर तम्सीएर आउन खोज्छन त्यतिवेला चिच्याउदै रुखमा चढ्छु र केही छिन पछि घर आउछु । भनि विर्खेले भन्दा हरिवामले भने चिन्ता नगर अवदेखी तेसो भए स्कुल जाँदा साथीको रुपमा सधै कुकुर पछि पछि लैजालास है भन्दा छोराले त्यसो भए हुन्छ भनि स्वीकार ग¥यो । यति कुरा गर्दा गर्दे चमेलीले एउटा जवाफ दिइन मर्नु भन्दा बौलाउनु बेस, अचानोको चोट खुकुरीले जान्दैन भनि छोरालाई स्कुल नगएपनि हुन्छ भनि भनिन । चमेलीले यस्तो कुरा भनेपनि विर्खेलाई स्कुल जानै पर्ने भएको थियो । विर्खे भोलि पल्ट देखी स्कुल जाँदा कुकुरलाई साथीको रुपमा लियो विर्खेलाई कुकुरले अती नै माया गथ्र्यो कुकुर पनि विर्खेकै पछि पछि जान्थ्यो र स्कुल पुगे देखि विर्खे पढ्न कलास भित्र जान्थ्यो कुकुर चाहि बाहिर पीपलको छारीमूनि बस्थ्यो । र साँझ चार वजे विद्यालय छुती हुन्थ्यो । विर्खे कलासबाट वाहीर आउदा कुकुर ओठ मुख चाट्दै लुतपुती खेल्दै उफ्रीदै आफ्नो घरतिर लाग्थे । यस्तै एक महिना पछिको कुरा हो एक दिन कुकुर स्कुल वाटै हरायो त्यस दिन हरीवामको छोरा विर्खे निरासमय अनुहार लगाएर जङगलको वाटो डर मान्दै घर पुगेको थियो र आमा बुबालाई आज कुकुर हरायो भन्दै आँसुका ढिका खसाल्दै रुन लाग्यो र त्यसै बेला हरीवामले भने बाबु रुनु पर्देन कुकुर जहिले भएपनि घर आइहाल्छ कतै कसैले लिएको हुनु पर्छ भन्दै छोरालाई सम्झएका थिए । हरीवामका छोराकोे वार्षिक परिक्षा आएको थियो उ एकलै स्कुल डर मान्दै जान्थ्यो एक दिन वा परिक्षाको अन्तिम दिन उसलाई एकै दिन २ विषय परिक्षा दिने छुटिङमा राखिएको थियो । त्यसैले उसलाई त्यो दिन २ विषय परिक्षा गर्दा गर्दै समय धेरै वितिसकेको थियो । विर्खे परिक्षा सकाएर वाहिर आयो उसको लागि त्यो अन्तिम वार्षिक परिक्षा थियो विर्खेलाई साथिहरुले घर जाने समयमा हुन्छ साथी फरी भेटौला भन्दा विर्खेले भन्यो नमरी बाँचे कालैले साँचे फेरी भेटौंला नत्र यति कै है ! साथी हो भन्दै हतार हतारमा घर तिर लाग्यो करिव एक घण्टाको वाटो पार गरेको थियो । दिन पनि वुर्नै लागेका थिए उ ठिक जङगलको बीचमा पुगेको थियो त्यस जङगलमा एउटा अनौठो आवाज गज्र्याङ गुर्जिङ घ्याँ घ्या घु घु स्वर विर्खेको कानमा गन्जिन पुग्यो र उसको मन डरले खैला बैला चल्न थाल्यो र हिन्दै गर्दा उसलाई पछिवाट केसैले खुटा ताने जस्तै लाग्न थाल्यो त्यति बेलै एक्कासी अगाडिवाट ४ वटा भालु दारा देखाएका जिग्रीङ्घ उभिएका देख्यो ! अनि डरले थरथरी काम्न थाल्यो घोक्रो फुलेर विहोस भएर चेतन मनवाट अवचेतन मनमा परिनत भयो उसले एउटा ढुङगो हातमा लियो र हिर्कायो अनि चारै भालु जोसिएर आए ! विर्खेले चिर हाल्दै भगवान मलाई वचाउ म मर्ने भएँ भन्दै भाग्दै थियो लखेटी लखेटी कोर कार टोक टाक पारी मारीदिएका थिए ।
परिच्छेद ६
करीव साँझको ५ वजेको थियो । हरीवाम गाई बस्तुलाई घाँस हाल्न गएका थिए । चमेलीले छोरा स्कुलवाट किन आएन भनेर चिन्ताई रहेकी थिइन र एक पटक हरीवामलाई भनिनन छोरा आज स्कुलबाट किना आएन बुढा भनिन त्यसपछि बुढाले भने उसको परिक्षा आज २ विषय गर्नु थियो त्यसैले ढिला भयो होला कुनै साथीको घरमा वसेको होला चिन्ता नलेउ भोलित आइ हाल्छ नि ! यति हरीवामका बुढा बुढी राम्रो संग खाना नखाएर सुते अनि ठिक विहानको झुसमुसे उज्यालो संगै बुढा बुढी निर्दाबाट व्यूझिए र कुरा गर्न लागे आज धेरै निस्याइलो भो घरमा छोरा नहुदा भन्दै दुई बुढा बुढी विलौन गर्न थाले र आज पनि कतै साथी कै घरमा त वस्ने होइना ? आज नआए पछि के गर्ने होला बुढा ? भनि अरु कुरा गर्दै थिए पल्लो गाँउको एक जना धने कामी अधिल्लो दिन त्यही जङगलमा सिकार खेल्न गएको थियो । धने कामीलाई सामान्य नामहरु पढ्न आउथ्यो उसले त्यहाँको लास कस्को हो भन्ने थाहा पाउने थिएन त्यही सामान्य लेखा पढीले गर्दा विर्खेको घाँटीमा लगाएको विद्यालयको परिचय कार्डको साहेताले ठेगाना चिनी त्यसकै आधारमा पत्ता लगायो र हरीवामको धर तिर लाग्यो र हरिवामको घरमा छोराकै विषयमा कुरा चल्दै थिए धने कामीले एकासी यो घरमा को हुनुहुन्छ भन्दा ? चमेलीले भनि वाहिर छोरा आए जस्तो छ । बुढा कस्को आवाज हो वाहीर जाउँ त ! भनि वाहिर जाँदा त आकासमा कालो वादलले ढाके जस्तै धने कामीको अनुहार देख्नु परेको थियो । चमेलीले भनि केही काम थियो की धने दाँइ भन्दा धने कामीले झट्टै भन्न नसकी रोकीदै हडवडाउदै भन्यो ! विर्खे भन्ने छोरा तपाइकै हो ? भन्दा चमेली र हरिवामले एकै स्वरमा मेरो छोरा हो कँहा छ ? भन्दा धने कामीले भन्यो तपाइँको  छोरा यो संसारमै छैन हजुर साप के गर्ने तपाइलाई त दैव लागे म हिजो जङगलमा शिकार खेल्न गएको थिए वाटोमा आउदै गर्दा भालुले यात वाघले हो मरेको अवस्थामा फेला पारें र तपाईको छोराको शरिरमा कपडाको चित्ता पनि छैन मात्र यही स्कुलको परिचय काड घाँटीमा रहेछ यसैको आधारमा चिनेर महिले यहाँ सम्म आएर तपाईहरुलाई जानकारी गर्न सके अरु केही पनि गर्न सकिन हजुर के गरौं ! म त कठै ! कस्को छोरा रहेछ भनेको तपाइको छोरा रहेछ । हरे राम ! तपाइकी छोरी पनि २ महिना अगाडि खाने पानी ल्याउन गएकी खोलाले वगाएर मारेको होइना र ? यो कस्तो दैव लाग्नु हो सन्तान भएर पनि निसन्तान हुनु पर्ने अव तपाइहरु आफ्नो मनलाई कसरी अड्याउन सक्नु हुन्छ गारो भो के गर्ने भन्दै धनेले यति भनुन्जेल हरीवाम र चमेली रोइ वोल्न नसक्ने सम्म भइ सकेका थिए सारा गाउलेहरु त्यस घरको आँगनमा जमगट हुन थाले र कुरा पनि गर्न लागे खास हरीवाम काकाको घरमा के भएको हो भनि धेरै प्रश्न गर्न थाले यति भन्दै त्यो विर्खेको लासलाइ घर ल्याएर मसान घाट लिने की त्यसै जङगलमा राखि दिने भन्ने कुराको छलफल गर्न थाले र अन्तिममा त्यो विर्खेको लासलाई घर नल्याउने त्यसै जङगलमा गाडिदिने भन्ने कुराको छिनोफानो भो र यतिकैमा चमेलीलाई महिलाले थाम्ना थालिन हरीवाम र गाउँलेहरु लास गाडन जङगल तिर लागे र पछि चमेली रुदै कराउदै कठै ! मेरो छोराको मुख एक पटक देखाइदेउ जङगलमा नगाडिदेउ ! भनि मरित्या गर्न थालिन फेरी पनि ठुलै स्वरमा कठै ! छोरा स्कुल जान भन्थीस बाघ भालु तर्साउछन भन्थिस वनमा आगो लागेको सवैले देख्छ मनमा आगो लागेको कसैले देख्दैन भनेझै तेरो मर्म वुझन सकिनौं भन्दै रुदै मेरो छोरा ल्याइदेउ भन्दै विलौन गर्न थालिन र त्यति वेलै उनी संगै अरु महिलाहरु पनि रुन थालेकी थिइन ।
परिच्छेद ७
काज किर्या गरि १३ दिन पछिको कुरा हो । हरीवामले एक एक रात भरी आफना छोरा र छोरी मर्नुको मूख्य कारण खोजी नीती गरी एउटा योजना वनाएका थिए । उनको सोचमा अब जग्गा जमिनले के नै काम गर्छ र ? छोरी पनि मरि छोरा पनि म¥यो के गर्ने सन्तान भएर पनि निसन्तान भइयो भन्दै एउटा योजाना वनाएका थिए । आफुलाई यस्तै भो अरुको लागि मेरो सारा सम्पत्ति वेचेर यहि गाँउमा स्कुल खोल्नु प¥यो र सके सम्म खानेपानीको लागि पनि प्रयास गर्नु पर्ने भो भन्दै रातभरी ननिदाई यस्तो योजना गराए र विहान चमेलीलाई सोधे ए ! बुढी मेरा कुरा सुन हाम्रो अव केही पनि छैन हुनेवाला पनि होइन त्यसैले हामीलाई थोरै सम्पत्ति जग्गा वचाएर सारा जग्गादेखा सवै वेचेर यही गाँउमा एउटा स्कुल खोल्नु पर्ने भो र जग्गा भरी स्कुलको नाममा गरिदिने हो किनकी स्कुल नजिक नभएर छोरा गुमाइयो पानी नजीक नभएर छोरी गुमाइयो त्यसैले हाम्रो त यस्तै भो अन्य मानिसको भलाइको निम्ति पनि यो कार्य देखाएरै छोर्ने हो तिमलाई कस्तो लाग्यो मेरो विचार लौ ! भनिहाल ! भन्दा चमेलीले पनि ठिगै छ भनि स्वीकार गरीन र हरीवामले ल त्यसो भए आजै नै गाँउलेलाई भेला गराउछु भनि दिउसो १२ वजे गाउका सारा मानिसहरुलाई अव यो गाउमा स्कुल खोल्नु पर्छ भनि आफना मनका विचारहरुलाई व्यक्त गरेर अन्य गाउलेहरुले पनि हामी पनि सकेसम्म सहयोग गर्ने छौं किनकी हामी पनि भोलिका दिनौमा सन्तान भएर पनि निसन्तानको रुपमा हरीवाम काका जस्तै हुन सक्छौ भनि आवाज उठाए र सवै जनाले स्वीकार गरेका थिए । अन्य गाउलेहरुलाई हरीवामले भने आफु नमरे स्वर्ग दखिदैन भन्थ्ये साचिकै रहेछ आज मेरा छोराछोरी गुमाउनु पर्दा मेरो घइटोमा वल्ल घाम लाग्यो पहिले सवैजना यसरी नै छलफल गरि विद्यालय गाँउमै खोलेको भए आज यसरी मलाई पछुताउनु पर्ने थिएन होला ? भन्दै अव हामी एउटा समिति गठन गरौ विद्यालयको नाम के राख्ने अध्यक्ष को रहने छलफल गरौ भन्दा अन्य गाउलेहरुले स्कुललाई जग्गा दान गर्ने तपाई ! अध्यक्ष पनि तपाई नै रहनु पर्छ विद्यालयको नाम पनि तपाईकै स्वर्ग वास गरेका कि छोरा कि छोरीकै नामबाट हुनुपर्छ किनाकि उनिहरुको सम्झनामा खोलिएको विद्यालय हो भनि रेकड कायम हुन्छ भन्दा सवैले हो हो यो कुरा सहि छ भन्दै विद्यालयको नाम ः हरिवामकी छोरीको नामबाट श्री लक्ष्मी माध्यमिक विद्यालय भनि निर्णय गरेका थिए ।
हरिवाम अध्यक्ष र दुई जनि महिला सहित अन्य सदस्य संख्या ११ जना र विद्यालयको नाम श्री लक्ष्मी माध्यमिक विद्यालय भनि प्रमाणीत गरि जिल्ला शिक्षा कार्यालयमा निवेदन पेश गर्ने निर्णय पारीत भएको थियो । र भोलि पल्ट विहानै उठी ती ११ सदस्य सहित जिल्लामा पुगी गा.वि.स. कार्यालयवाट विद्यालय खोली पाउँ भनि एउटा सिपारीस गराई जिल्ला शिक्षा कार्यालयमा पुगे र जिल्ला शिक्षा अधिकारी समक्ष एउटा निवेदन साथ त्यो निर्णयलाई पेष गरे अनि हरिवाम अफिस भित्रै गए एकान्तमा गएर आफुलाई घटेका घटना र घटना घट्नुका कारणहरु क्रमशः जिल्ला शिक्ष अधिकारी संग विलौन गरे अनि जिल्ला शिक्षा अधिकारीले हरिवामका दुःखका कुराहरु सुन्दा उनको मन पग्लेर सजिलै विद्यालय खाल्ने स्वीकृति गरीदिए र सवैजना खुसीका साथ घरतीर फर्किए र हरिवामको जमीनमा विद्यालय गराउन मानिसहरु लागि परे त्यस पछि करिव छ महिना भित्रै विद्यालय निर्माण भएको थियो त्यसपछि एक वर्ष भित्रवाट श्री लक्ष्मी माध्यमिक विद्यालय संचालन भएको थियो । त्यसपछि गाँउका मानिसहरु खुसीले गदगदी भएका थिए । आफनो गाँउको बीचमा विद्यालय हुदा हरिवामलाई भगवान सरी मानेका थिए । हरिवाम र चमेलीका छोराछोरी भएर पनि निसन्तानका रुपमा थिए भने पछि त्यस सुन्दर गाउँका सम्पूर्ण विद्यार्थी भाइ वहिनीहरुलाई आफनै सन्तानका रुपमा मान्य गरेका थिए । उनले सवै मानिसहरुको बीचमा एउटा यस्तो शव्द वोलेका थिए अन्तिममा माया लगाए लाग्दो रहेछ वाटो वनाए बन्दो रहेछ, भनि सवैलाई आफना मनका कुराहरु वोल्दै मख्ख वनाए र आफनो घरतिर
लागे ।
(लेखक मध्य पश्चिमाञ्चल विश्व विद्यालय एम.एड. प्रथम सेमेस्तारमा अध्ययनरत छन् )