Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

नेपाल बङलादेश बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर विश्वविद्यालयमा

क्विक खबर

सम्बाददाता

नेपाल बङलादेश बैंक लिमिटेड सुर्खेत शाखाले मध्यपश्चिमान्चल विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा एक्स्टेन्सन काउन्टर खुलेको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए ।

आइतबार एक्स्टेन्सन काउन्टरको विश्वविद्यालयका रजिष्ट्रार डा। महेन्द्र कुमार मल्लले औपचारिक रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका डा। मल्लले काउन्टर स्थापनाका लागि विभिन्न बैंकहरुलाई अनुरोध गरेको र नेपाल बङलादेश बैंकले स्वीकार गरेकोमा धन्यवाद दिदै बैङ्किक प्रणालीबाट आर्थिक गतिविधि सन्चालन गर्दा आर्थिक पारदर्शिता र विद्यार्थी, शिक्षक र कर्मचारीलाई समेत सहज हुने विश्वास व्यक्त गरे । उक्त अवसरमा बोल्दै रजिष्ट्रार डा। मल्लले विश्वविद्यालय स्थापनाको दिन असार ३ गते विश्वविद्यालयको प्रथम दिक्षान्त समारोह पनि सम्पन्न हुने जानकारी दिए ।

नेपाल बङलादेश बैंक लिमिटेड सुर्खेत शाखाका कार्यकारी निर्देशक शुसिल कुमार सिंहले बैकले प्रदान गर्ने सेवा सुविधाका वारेमा जानकारी दिएका थिए । कार्यक्रममा अनुसन्धान केन्द्रका निर्देशक डा। दिप बहादुर रावल, व्यवस्थापन सङ्कायका डीन डा। मस्त बहादुर गरन्जा लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।