Loading... आजः २५ कार्तिक २०८२, सोमबार । Monday 10th November 2025
ताजा खबर
  

पत्रकार आचार संहिता, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

सुर्खेत, ४ असार ।

जिल्ला समन्वय समिति सुर्खेतको आर्थिक सहयोग एवम् नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा सञ्चार विज्ञ भानुभक्त आचार्यसँग पत्रकार आचार संहिता, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारतीको सभापतित्वमा भएको आचार संहिता, अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चार विज्ञ भानुभक्त आचार्यले पत्रकारिता र राजनीति दुईटा कर्म सँगसँगै गर्न नहुने बताएका छन् । अन्तरक्रिया कार्यक्रममा आचार्यले भने पत्रकारिता माथि राजनीति हावी भएमा सही पत्रकारिता हुँदैन । उहाँले विश्वका धेरै देशहरुमा पत्रकार आचार संहिताको अनुभव समेत सुनाउनु भएको थियो ।


महासंघको हलमा भएको छलफल कार्यक्रममा जिल्लास्थित सञ्चार उद्यमी, प्रकाशक, सम्पादक र संचारकर्मीहरुलाई उपस्थिति रहेको थियो ।