Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

व्यङ्ग्य – घ्वाच्च घोच्यो

हाम्रो देशमा ठूला ठूला परिवर्तनहरु मध्य रातमा हुने गर्दछन् । राजनीतिक व्यवस्था परिवर्तनका कुरा मध्य रातमै भएका छन् । हुन त रातमा के के हुन्छ हुन्छ भन्छन् जान्नेहरु । देशमा गणतन्त्र आइसकेपछि कहिले काँही त दिनमा पनि चीन पुगिन्छ भन्थे हो रहेछ । यो हरिलठ्ठक चीन जाने योजनामा त होइन खानपिन गर्ने उद्देश्यले हिडिरहेको बेला उखाने बुढा भाषण गर्नका लागि मख्ख परेर आफ्ना कार्यकर्ताहरु घेरिएर बसिरहेका देखेर बुढाका एक दुइृ वटा उखान सुनेर जाउ कि भन्ने योजना बनाएर अगाडि बढेको छ को को उखान सुन्नु हो कान नै थुन्नुृ पर्ने आँखा नै थुन्नु पर्ने अवस्था पो आयो त । लु खतम ।

कति प्यारा हुन के उखाने बुढा । बाबै यो उमेरमा त यस्तो प्यारो लाग्छन् भने त्यो उमेरमा कस्तो प्यारा लाग्थे होला । मन थाम्नै नसकेर झ्वाप्प समातेर च्वाप्प च्वाप्प म्याई खाएको देखेर यो हरिलठ्ठकलाई पनि आफ्नै उमेरमा कसैले क्वाप्प पारेर गालै मुख भित्र हालेर म्वाई खाएको याद आएर जिउ नै सिरिङ्ग पो भयो । लु खतम ।

हुन त माया गर्नमा, म्वाई खानमा र अझ रमाइलो गर्नमा त उमालेका भन्दा एमालेका अगाडि छन् । कहिले काँही पो कुरो बिग्रन्छ र । एकताका यस्तै असारको महिनामा कृषिमन्त्रीको कुर्सीमा पदासिन महोदयले कम्ता मनोरञ्जन गरेका हुन् र । रोपाइँ उद्घाटन गर्न गएका मन्त्रीले के के उद्घाटन गरेको खबर मिडियामा आएपछि विचराको मन्त्री पद नै फुत्त हाम फालेर भागेको थ्यो । लु खतम ।

त्यस भन्दा पछिका रोपाइँमा भने त्यस्तो भएन । हाम्र दिदी बहिनी पनि कम बाठा छन् र । मन्त्री रोपाइँको उद्घाटन गर्न आए भने पुरुषलाई हिलो खेल्न पठाइ दिन्छन् क्या । दहि च्यूरा खाएर मनाउने पर्ने असार पन्ध्र तत्कालिन मन्त्री ज्यूले के के खाएर मनाएका कारण त्यसो भएको हो रे भन्ने कुरा पनि उनैले के के खाएको र कहाँ कहाँ दलेको मुखले आफैले खोले । त्यस पछि भने चर्चाको शिखरमा आएनन् तिनी । साँची कता छन् हँ तिनी ? हिजोको रोपाइँमा कसैले हरि, हरि भनेर सुन्दा उनै पूर्व कृषि मन्त्री हरि पो हुन कि भनेर हेरेको त अर्कै हरि देखेर यो सोझो हरिलठ्ठकलाई फेरी एकपटक घ्वाच्च घोच्यो । ऐया ऽऽऽऽऽ