Loading... आजः २८ आश्विन २०८३, बुधबार । Wednesday 14th October 2026

पत्रकार महासंघका केन्द्रिय सदस्यलाई बधाई तथा सम्मान

सुर्खेत

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य कलेन्द्र सेजुवाललाई नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले एक औपचारिक कार्यक्रमको आयोजना गरी सुर्खेतमा बधाई तथा सम्मान प्रदान प्रदान गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष कमलेश डिसी, श्रीधर पौड्याल, प्रेस युनियनका अध्यक्ष नरेश थापा, प्रेस चौतारीका अध्यक्ष सूर्यप्रकाश कंडेल, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेकञ्चन भारतीले केन्द्रीय सदस्य सेजुवाललाई बधाई तथा सम्मान दिएका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै कार्यक्रमका अतिथिहरुले सेजुवाललाई प्रदेश ६ का पत्रकारहरुको हकहितमा काम गर्न सुझाव समेत दिएका छन् । सम्मान ग्रहण पश्चात बोल्दै केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले यस क्षेत्रका पत्रकारहरुले भोग्दै आएका समस्याहरुको उठान गर्ने र सम्पूर्ण पत्रकारहरुको हक हितका लागि आफू जहिले पनि वकालत गर्ने बताएका छन् ।