Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

महासंघद्वारा राज्यमन्त्रीलाई बधाई कार्यक्रम

सुर्खेत ।
नेपाल पत्रकार महासंघ सुर्खत शाखाले सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई बधाई ज्ञापन गरेको छ ।


राज्यमन्त्री भइसकेपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आइपुगेका राज्यमन्त्री विष्टलाई एक औपचारिक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरिएको हो । बधाई तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले आफ्नो शुभकामना मन्तव्यमा भने सुर्खेत जिल्लाबाट राज्य मन्त्री हुनु भएकोमा पत्रकारहरुको हक हितको लागि उहाँले काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।

त्यसैगरी आफ्नो मन्तव्यमा राज्यमन्त्री विष्टले भने पत्रकारहरुको हक र अधिकारको लागि काम गर्नेछु । साथै पयटकीय क्षेत्रमा फ्रि वाइफाइको योजना अगाडि बढाएको छु । पत्रकार महासंघ सुर्खेतले ६ बुँदे ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा उल्लेख भएका मागहरु पूरा गर्नका लागि म यथोचित प्रयास गर्नेछु राज्यमन्त्री विष्टको कथन थियो ।