Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

जापान पठाइदिने नाममा ठगि

जापान जाने योजनामा  सुर्खेतका  २०  युवा ठगिए

सुर्खेत
वैदेशिक रोजगारीका क्रममा जापान पठाइदिने नाममा सुर्खेतका करिव २० जना युवाहरु ठगिएका छन् ।

आकर्षक तलब सुविधाका साथै काम गर्न सजिलो हुने भन्दै जापान पठाईदिने वहानामा वुटवल उपमहानगरपालिका वडा नं १८ का गुरु प्रसाद चालिसेले सुर्खेत गुमिका करिव २० जना युवाहरु संग जनही १ लाखका दरले ठगि गरेका हुन् । वीरेन्द्रनगरमा आईतवार पत्रकार सम्भेलनको आयोजना गरि ठगि भएका युवाहरुले आफनो पैसा असुल गरिदिन आग्रह गरेका हुन् । ३ वर्ष अघि जापान पठाईदिने प्रभोलन देखाई हामीहरु संग जनही १ लाखका दरले पैसा लगियो , न त जापान गईयो न आफनै पैसा पाईयो ठगि भएका युवा हरि वहादुर गाहाले भने ।, उनले जापानको नक्कली डिमाण्ड लेटर र एग्रिमेन्ट पेपर देखाई प्रतिव्यक्ति १० लाख लाग्ने भएपनि प्रोसेस खर्चलाग्ने भन्दै जनहि १ लाख दरले पैसा असुलेको वताए ।

पिडित युवाहरुले भने, ठगि गरेको थाहा भएपछि गुरु प्रसाद चालिसेलाई पटक पटक पैसा असुलका लागि पहल गरेपनि विभिन्न वाहानामा उम्किरहेको वताए । हामीसंग उनको खातामा जम्मा गरेको सम्पुर्ण भौचर का साथै अन्य प्रमाणहरु पनि छन्, तर पैसा असुल गर्न सकिएन् पिडित युवाहरुले भने, । साथिहरुलाई पैसा फिर्ता गर्छु भन्दै चालिसेले विचमा चेक दिए तर चेक वाउन्स भयो , पिडित मध्येका एक कर्ण वहादुर वुढाले भने । उनले १ महिना अघि अवको १५ दिनमा पैसा फिर्ता गर्छु भनेका थिए त्यो डेट पनि सकियो अहिले उनि सम्पर्क विहिन भएका छन् । पिडित युवाहरुले आफ्नो पैसा असुल गरिदिन स्थानिय प्रशासनलाई समेत आग्रह गरेका छन् ।

विशेषगरी उपत्यका बाहिरका ग्रामीण वस्तीबाट सहर पस्ने युवा बढी ठगिने गरेको प्रहरीको कारबाही अध्ययनले देखाएको छ । वैदेशिक रोजगारमा जान ‘हतार’ गर्दा युवा ठगिने गरेका छन् । तीमध्ये युरोप, अमेरिका, जापान र अस्ट्रेलिया पठाउने नाममा धेरै छन् । ठगिनेहरू पनि विद्यार्थीभन्दा सामान्य मजदुरी काममा जान खोज्ने व्यक्ति धेरै भएको तथ्याडक रहेको छ ।

विकसित मुलुक युरोप, अमेरिका, अस्ट्रेलिया र जापानलाई वैदेशिक रोजगारीको नयाँ गन्तव्यका रूपमा प्रयोग गरी अध्ययन, पर्यटक, भ्रमण तथा सेमिनार भिसाका नाममा प्रतिव्यक्ति १० देखि ५० लाख रुपियाँ उठाएर दलालले ठगी गर्ने गरेको पाइएको छ ।