Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

जापान पठाइदिने नाममा ठगि

जापान जाने योजनामा  सुर्खेतका  २०  युवा ठगिए

सुर्खेत
वैदेशिक रोजगारीका क्रममा जापान पठाइदिने नाममा सुर्खेतका करिव २० जना युवाहरु ठगिएका छन् ।

आकर्षक तलब सुविधाका साथै काम गर्न सजिलो हुने भन्दै जापान पठाईदिने वहानामा वुटवल उपमहानगरपालिका वडा नं १८ का गुरु प्रसाद चालिसेले सुर्खेत गुमिका करिव २० जना युवाहरु संग जनही १ लाखका दरले ठगि गरेका हुन् । वीरेन्द्रनगरमा आईतवार पत्रकार सम्भेलनको आयोजना गरि ठगि भएका युवाहरुले आफनो पैसा असुल गरिदिन आग्रह गरेका हुन् । ३ वर्ष अघि जापान पठाईदिने प्रभोलन देखाई हामीहरु संग जनही १ लाखका दरले पैसा लगियो , न त जापान गईयो न आफनै पैसा पाईयो ठगि भएका युवा हरि वहादुर गाहाले भने ।, उनले जापानको नक्कली डिमाण्ड लेटर र एग्रिमेन्ट पेपर देखाई प्रतिव्यक्ति १० लाख लाग्ने भएपनि प्रोसेस खर्चलाग्ने भन्दै जनहि १ लाख दरले पैसा असुलेको वताए ।

पिडित युवाहरुले भने, ठगि गरेको थाहा भएपछि गुरु प्रसाद चालिसेलाई पटक पटक पैसा असुलका लागि पहल गरेपनि विभिन्न वाहानामा उम्किरहेको वताए । हामीसंग उनको खातामा जम्मा गरेको सम्पुर्ण भौचर का साथै अन्य प्रमाणहरु पनि छन्, तर पैसा असुल गर्न सकिएन् पिडित युवाहरुले भने, । साथिहरुलाई पैसा फिर्ता गर्छु भन्दै चालिसेले विचमा चेक दिए तर चेक वाउन्स भयो , पिडित मध्येका एक कर्ण वहादुर वुढाले भने । उनले १ महिना अघि अवको १५ दिनमा पैसा फिर्ता गर्छु भनेका थिए त्यो डेट पनि सकियो अहिले उनि सम्पर्क विहिन भएका छन् । पिडित युवाहरुले आफ्नो पैसा असुल गरिदिन स्थानिय प्रशासनलाई समेत आग्रह गरेका छन् ।

विशेषगरी उपत्यका बाहिरका ग्रामीण वस्तीबाट सहर पस्ने युवा बढी ठगिने गरेको प्रहरीको कारबाही अध्ययनले देखाएको छ । वैदेशिक रोजगारमा जान ‘हतार’ गर्दा युवा ठगिने गरेका छन् । तीमध्ये युरोप, अमेरिका, जापान र अस्ट्रेलिया पठाउने नाममा धेरै छन् । ठगिनेहरू पनि विद्यार्थीभन्दा सामान्य मजदुरी काममा जान खोज्ने व्यक्ति धेरै भएको तथ्याडक रहेको छ ।

विकसित मुलुक युरोप, अमेरिका, अस्ट्रेलिया र जापानलाई वैदेशिक रोजगारीको नयाँ गन्तव्यका रूपमा प्रयोग गरी अध्ययन, पर्यटक, भ्रमण तथा सेमिनार भिसाका नाममा प्रतिव्यक्ति १० देखि ५० लाख रुपियाँ उठाएर दलालले ठगी गर्ने गरेको पाइएको छ ।