Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

ठाँटी मेलाको तयारी पुराः भलिबल बिजेताले ५० हजार पाउँने

राजेन्द्र शाही
कार्तिक १७, सुर्खेत
सुर्खेतको चिङगाड गाउँपालिकाको मटेला ठाँटी बजारमा लाग्ने पूर्णीमा मेलाको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर आयोजक समितीले भोली देखी २२ गते सम्म संचालन हुने मेलाको लागी सरसफाई,स्वागतद्धार निमार्ण लगायत तयारी पुरा भएको जनाएको हो । उद्योग वाणिज्य संघ शाखा कार्यालय चिङगाडले आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा संचालन हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीका सार्थ भलिबल र लोकदोहोरी प्रतियोगिता सम्पन्न हुने प्रचार–प्रसार संयोजक कृष्णप्रसाद शर्माले बताउँनु भयो ।
Image may contain: one or more people, mountain, outdoor and nature
गतवर्षको मेलाको फोटो
मेलामा जाजरकोट,दैलेख र सुर्खेतका बिभिन्न गाउँपालिका तथा नगरपालिकावाट सहभागी पञ्चेवाजा,मयुरनाँच,सिङगारु नाँच,टप्पा,जन्तेखेल,देउडा लगायतका नृत्य प्रस्तुत गरीने उहाँको भनाई छ । मेलामा संचालन हुने बिभिन्न प्रतियोगिताका लागी ५ लाख १७ हजार बढी रकम खर्च हुने आयोजकको अनुमान छ । यस्तै ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ । स्थानीय कला संस्कृती जर्गेना गर्दै गाउँमा उत्पादन भएका बस्तुको प्रचारप्रसार तथा व्यापारीकरण गर्न हरेक बर्ष तिहारपछी पूर्णीमाको दिनवाट ठाँटी मेला संचालन हुदै आएको छ । बिगतमा एक दिन मात्र लाग्दै आएको मेला पाँच बर्ष अघि देखी समय बढाएर पाँच दिन पुर्याईएको छ ।
मेलाका अवसरमो खुला पुरुष भलिबल तथा लोकदोहीरी गित प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार,द्धितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैया पुरस्कार प्रदान गरीने भएको छ । लोकदोहोरी तर्फ प्रथम हुनेलाई १५ हजार,द्धितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार दिईने आयोजक समितीले जनाएको छ । मेलामा उत्कृष्ठ झाँकी प्रस्तुत गर्ने समुहलाई पुरस्कार तथा सम्मान गरीने छ । मेलामा सुरक्षा व्यवस्थामा कडाई गरीनुका साथै अबैध घरेलु मदिराको कारोवारमा प्रतिबन्ध लगाईएको छ ।