शलु र दिलिपको एल्वम “जुर्याछ लगन”
शैलेन्द्र भण्डारी शलु र दिलिप थापाको पहिलो कोशेली पन्चेबाजा एल्वम “जुर्याछ लगन” सार्वजनिक भएको छ । “जुर्याछ लगन” नामक गीति एल्बम भाका नेपालको युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
पछिल्लो समय नेपाली लोक साँगितिक क्षेत्रका अति नै व्यस्त तथा चर्चित गायक, मोडल, सर्जक प्रकाश सपुत र पछिल्लो समय लोक तथा दोहोरी गीतको क्षेत्रमा आफुलाई स्थापित गराउँदै गरेकी गायिका पार्वती स्त्रीको आवाज रहेको पन्चेबाजा गित “जुर्याछ लगन” बजारमा आएको हो ।
प्रकास सपुतको लय शृजना रहेको गीतमा सैलेन्द्र र दिलिपले शब्द सङ्कलन गरेका छन । दिपेन्द्र तिमिल्सिनाको निर्देशन रहेको भिडियोमा प्रकाश सपूत, पुजना स्त्री,सैलेन्द्र भडारी, बिनु कार्कीको अभिनय देख्न सकिन्छ । तेस्तै ताराकान्त बिक र पुजा बिकले बेहुला र बेहुलीको रुपमा अभिनय गरेका छन ।
करन चैसिरले छायाँकन गरेको भिडियोलाई पवन सिंखडाले सम्पादन गरेका छन् । लगनको महिना नजिकिदै गरेकोले गीतले धेरै दर्शक श्रोताहरुको मन जित्नेमा ढुक्क भएको गायिका पार्वती स्त्रीले बताइन ।







