Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

सिंहको “समय सन्दर्भ” वीमोचित

सुर्खेत
साहित्यकार पृथ्वी बहादुर सिंह को नयाँ कृति “समय सन्दर्भ” एक कार्यक्रमका बीच लोकार्पण भएको छ।लेखक सिंह ज्युको६५औ जन्मजयन्ती को अवसरमा वाङ्मय चौतारीद्वारा साहित्य संगम कार्यक्रम को आयोजना गरिएको थियो। पूर्व राष्ट्रिय सभा सदस्य दुर्गाकेशर खनाल, वरिष्ठ साहित्यकार लिलाधर गौतम तथा सिम्ता गाउँ पालिका का प्रमुख कविन्द्र कुमार के.सी.ले सम्युक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।

समालोचक डा दीपक गौतम ले पुस्तक को समिक्षा गरेका थिए कलाकार अकबर खान र सरस्वती पन्त द्वारा संचालित उक्त कार्यक्रममा मणि कुमार पोखरेल, दया राम थानी,कर्ण बोहरा कबु , हरिलाल महतरा लगायतका साहित्यकारहरु ले रचना पाठ गरिएको उक्त कार्यक्रम वाङ्मय चौतारीका अध्यक्ष गणेश गौतम को अध्यक्षता मा सम्पन्न भएको हो।