नेपाल राष्ट्रिय शिक्षक संगठन चौकुनेमा जोशी
सुर्खेत
नेपाल राष्ट्रिय शिक्षक संगठन चौकुने गाउँपालिकाको प्रथम अधिवेशन शनिबार चौकुने गाउँपालिकामा सम्पन्न भएको छ । अधिवेशनले इन्द्रप्रसाद जोशीको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि शिवप्रसाद उपाध्याय संगठनका केन्द्रीय सदस्य, नेपाल शिक्षक महासंघका सचिव कृष्ण थापा, एमाले चौकुने संयोजक हरि अधिकारी, वडाअध्यक्ष् ा अमर विसी लगायतको सहभागिता रहेको थियो ।
यसैबीच उमाले चौकुनेले निर्वाचनका लागि घरदैलो अभियान सुरु गरेको छ । वाम गठबन्धनलाई विजयी गराउन भन्दै नेता कार्यकर्ताहरु जनताको घरदैलोमा मत माग्न पुगेका हुन् । चौकुने गाउपालिका कमिटिको संयोजनमा वडा नं. ८ र १० मा अभियान सुरु गरिएको संयोजक हरि अधिकारीले जनाए । घरदैलो कार्यक्रममा हरि खनाल, ताराकेशर सुवेदी, कमल जिसी, धीरबहादुर शाही, खगेन्द्र चलाउने, कृपाराम अधिकारी, निर्मला राना, नन्दाराम रिजाल, शंकर टमटालगायतको सहभागिता रहेको थियो । यता चौकुने वडा नं. ५ मा वाम गठबन्धनको निर्वाचन परिचालन समितिको बैठक सम्पन्न भएको छ । वैठकले वाम गठबन्धन जिताउन सबै लागिपर्ने निर्णय गरेको बताइएको छ ।






