भ्रष्टाचार न्यूनीकरणसम्बन्धी अन्तरक्रिया
सुर्खेत,१२ मंसिर ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १० मा भ्रष्टाचार न्यूनीकरणसम्बन्धीको अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
अन्तरक्रियामा अध्यक्ष रत्नबहादुर बुढाले आफ्नो वडालाई भ्रष्टाचारमुक्त वडा बनाउने प्रतिबद्धता जनाए । उनले सुशासन अभिबृद्धिका लागि नियमित रुपमा सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण गर्ने तथा कार्यालयमा नागरिक वडापत्र, सुझाव पेटिका, सूचना पाटी तथा सूचना अधिकारीको व्यवस्था गर्ने बताए । अन्तरक्रियामा भ्रष्टाचार, अनियमितता, अनुचित कार्य नियन्त्रण गर्नका बनेका ऐन कानुन, सुशासन ऐन, सूचनाको हक सामाजिक जवाफदेहिता, लगायतका बारेमा छलफल गरिएको थियो । स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोग तथा किर्डाक नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा वडा सदस्यहरु, किर्डाक नेपालका विन्दुलाल रेग्मी सहित स्थानीय आशा सञ्जाल, किशोरी संवाद केन्द्र लगायतको सहभागिता रहेको थियो ।






