Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

शुक्रबार सार्वजनिक बिदा

काठमाडौं : सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले बिहीबार हजरत मुहम्मदको जन्मदिनको अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए।

गृहमन्त्रालयले विज्ञप्तिमार्फत् समेत शुक्रबार सार्वजनिक बिदा भएको जानकारी गराएको छ। ‘हजरत मुहम्मद सल्ललल्लाहो अलैहे बेसल्लमको जन्म दिन को शुभअवसरमा २०७४ साल मंसिर १५ गते तदनुसार डिसेम्बर १, २०१७ शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली नियोग समेतमा सार्वजनिक बिदा दिने भनि निर्णय भएको सबैको जानकारीका लागि यो सूचना प्रकाशित प्रशारित गरिएको छ,’ गृहको विज्ञप्तिमा भनिएको छ।

सँगै सरकारले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ पौष १० गते (डिसेम्बर २५ तारिख) मा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गृहमन्त्रालयले गराएको छ।