Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

कालिकोटका दुवै प्रदेशमा वामगठबन्धन विजयी

कालीकोट,

एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लाका प्रदेश  क र ख मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा कबाट नेकपा एमालेका कुर्मराज शाही ११ हजार ९३५ मतले विजयी भएका छन् ।  निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकराज शाहीले चार हजार ७८९ मत प्राप्त गरेका छन् ।

Image may contain: 1 person, standingImage may contain: 1 person

त्यसैगरी प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही १२ हजार १५३ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी काँगे्रेसका कालीबहादुर सहकारीले नौ हजार ३४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी शिवाकोटीले जानकारी दिए ।