Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

चाहनाको फूलबारी – गीता नेपाली

अब जाऊँ भो दुबै खुट्टा ट्वाइलेट सिटमा राख म आँखा चिम्म गर्छु । पहिले जस्तै भनेर बायाँ खुट्टाले ढोकालाई धक्का दिएँ ।
मैले आँखा चिम्म गरिसकेँ, छिटो गर न । सुवासले हात कमाउँदै पाइन्ट खोलेर दिसा पिसाब गर्छ ।
मैले उसलाई सपोर्ट दिनको लागि उसको हातमा समाएँ । उसलाई अप्ठेरो लागेर होला, तिमी जाऊ “म आपैm गर्न सकि हाल्छु” भन्यो ।


भइहाल्यो, शरीर थाम म पाइन्ट लगाउँछु ।
मैले उसको छातीमा पछाडिबाट सर्पाेट गरेँ । उसले पाइन्ट लगायो ।
ट्वाइलेटमा पानी हाल्दिएँ र हामी त्यहाँबाट झरेर विस्तारै हिँड्दै सुवासको हात मेरो कुममा राखेर अनि सकी नसकी पाइला चाल्दै कोठातिर लाग्यौँ । म उसलाई हेरि हेरि सोच्न थालेँ । यी हातलाई यो जन्म भरी थामी रहुँ ।
हस्पिटलको रुममा त हाम्रो घर जस्तो भइ सकेको छ । सुबोध बेडबाट उठेर कति ढिला गरेको, भनेर बाटो छाड्यो । दुबै जना मिलेर सुवासलाई बेडमा राख्दै “सुबोध बाहिरबाट डाक्टर कहिले आउनु हुन्छ ।”
“आज साँझ आउनु हुन्छ ।”
“त्यसो भए अप्रेसनको सल्लाह गर्नु पर्छ है ।”
“हुन्छ ।”
करिब करिब दिउँसोको ३ बजि सकेको थियो । हर कुरामा सुवास आफ्नो मान्छे खोज्दा सुवोध चकित छ ।
संसार आ–आफ्नै धुनमा अस्तव्यस्त छ ।
सुवोधको मामु आउँदा आफ्नै आमा आएको जस्तो मलाई लाग्थ्यो भने सुवासलाई कस्तो हुन्थ्यो होला ।
पहिला डाक्टरको कुरा सुनेर घरतिर या अप्रेसन गर्दा नाइँ नाइम् अब के गर्ने, एउटा मर्दा अर्काे बचाउने यस्तै आपसोचमा पर्दा पर्दा करिब ६, ७ बज्न थालेछ ।
सुबोध किन घर नगएको अचम्म छ ।
सुवास कपाल मिलाउँदै गीतिका मैले उनीहरुको सपना देख्न थालेछु भन्दै बेडबाट उठ्न खोज्छ ।
सुबोधले खुबै राम्रोसँग हेर्छ, तर केही भन्दैन बायाँ हात सुवासको टाउकोमा राख्दै छ्टिटै भेट हुन्छ भन्दै म ऊ सँगै बसेँ ।
हल्का कोल्टे पर्दै हेरेँ, सुबोध घर जान आतिएको छ । अँ भन्दै सुवोध कोठा बाहिर निस्कन्छ । जान्छौ, भन्दै म पनि ढोकातिर हेर्दै बिस्तरा मिलाएँ । डाक्टर आउनु भयो । म हतारिँदै ए ! होर सुवास म अहिले आउँछु भनेर बाहिर हिँडि हालेँ ।
सुबोध ढोका नजिकैको बारमा उभिएर तलतिर हेर्दै कपाल मिलाउँछ ।
सुबोध के हेरेको ?
ऊ हातको आँैलाले सिकाउँदै ‘‘डाक्टर” । म उतैतिर हेर्दै सुवोधसँग उभिन्छु । म डाक्टरलाई नियालेर हेर्छु सुवोध मलाई ।
विचमा डाक्टर वरिपरि गर्छन । काला जुता बायाँ साइडका फिका कलरका लामो डाक्टरी ब्याग, अल्ला शरीर । न मोटो न पातलो गहुँ गोरो कलर त्यसमाथि दुध कलरको सुट कालो टाइ र कालो पाइन्टले झन आकर्षित देखिने डाक्टर, बायाँ हातमा पञ्चरत्नको बाला सिम्पल बायाँतिरबाट सिउँदो काडेर छोटोछोटो बाल लरकाएका उनी अगिअगि पछि पछि मान्छेको भिड यताउता सबैले डाक्टरलाई नमस्कार गर्छन । डाक्टर वरिपरि नमस्ते फर्काउँदै लमक लमक पाइला चालेर हिँड्दै सिँडीमा चढेँ ।
यति ठुलो हस्पिटल खोलेर दुुनियाँलाई सेवा गर्न नै पठाएको जस्तो साँच्चै जिन्दगी त यो हो ।
हाम्रो घर पनि यति सजिएको छैन । यो त हास्पिटल हो कति ठुला बगैँचा पनि छ । मान्छे चिप्लने यि अस्पताल म वर्णन गर्न सक्दिन । मान सम्मान पैसा पानी, यो जीवन । हेर त हाम्रो जिन्दगी धिक्कार छ, एउटा उपचार गर्ने पैसा छैन, यीसँग एउटा राष्ट्र किन्ने पैसा छ किन यस्तो छ यो दुनियाँ । कसलाई भन्ने मुन्टो हलाउँदै सुवोधतिर आँखा जान्छ सुवोधले एकोहोरो मलाई नै हेरेको देख्दा रिसाउँदै ‘‘के हेरेको ? ‘‘तिमीलाई”, मलाई किन ? ‘‘तिमी कति झुट बोल्दी रहिछ्यौ, झुट कहिलँे बोले मैले झुट तिमीसँग म होसमा आएदेखि अहिले सम्म ।
कतै सुवास र मेरो बारेमा थाहा त भएन । म मनमा कुरा सोच्दा सोच्दै ओठ टोकेर माथि उसको अनुहारमा हेरेँ । छोड अब जाऊ डाक्टलाई भेट्न अहिले अनि कहिले त ? २ घण्टाको लागि मात्र आउनु भएको हो ।
ए, मन्टो हल्लाउँदै हुन्छ । जाऊँन त अँ हजुर पनि मसँग हिँड्नु होस्न । कपाल मिलाउँदै जाउन त भनेर सुबोध अगाडि लाग्छ । म पछिपछि दोपट्टा मिलाउँदै हिँडेँ ।
कसरी सुवासको बारेमा भन्ने के मलाई थाहा नै छैन् ।
पछाडि फर्केँ रिपोर्ट ल्यायौ ?
अह, ल्याएको छैन । म लिएर आउँछु । तपाईँ यहीँ पर्खिनुस् ल ।
सुबोध मन्टो हल्लाउँदै हुन्छ । छिटो आउनु भनेर माथितिर हेर्छ । म हतारिँदै सुवास भएको कोठामा गएर बेड मुनिको रिपोर्टको चार्ट निकालेर ढोकाबाट निस्कँदै गर्दा “को हो” “गीतिका” “अँ म हो” तिमी । म एक छिनमा आउँछु भनेर म सुबोध कहाँ हतारिँदै पुगेँ । जाम ।
सायद सुवास चर्पीबाट निस्किएर होला मैले उसलाई र उसले मलाई देखेनौँ, देखेको भए आज यो रिपोर्ट मिल्दैनथ्यो । धन्यवाद भगवान् । डाक्टर बिच कुर्सीमा बस्नु भएको छ । वरिपरिबाट मान्छेले घेरेका छन् । डाक्टर साव एकदमै बिजी देखिनु हुन्थ्यो । डाक्टरका अगाडि रिपोर्टहरुको चाङ छ । एक पछि अर्काे गर्दै उहाँले बताइदिँदै बिरामीका आफन्तीलाई पठाउने प्रक्रिया चलि रहेको छ ।
म हतारिँदै ल सुवोध, आज त मेरो पालो आउँदैन होला । उता हेर त कति रिपोर्टहरु चाङ लागेको छ । उफ ! गीतिका ?
हजुर के भो ?
तिमी कति सोझी छौ भन्दै हात समात्छ । “के गरेको ? छोड मेरो हात”, रिपोर्ट देऊ, बायाँ हात बढाउँदै ल लिनुस तिमी यहि बस । भन्दै भिड फटाउँदै दादा पिलिज ५ मिनेट भनेर सुबोध हुलबाट निस्कियो, के भो, कता अर्काे रुममा जाऊँ भन्दै सुवोध अगाडि लाग्यो । हातको रिपोर्ट खोस्दै आफ्नो सुरमा अगाडि छ । म पछाडी डराएर बिस्तारै पाइला फाल्दै ढोकाबाट भित्र छिर्छु ।
त्यो कोठा त स्वागत् गर्न सजिएको जस्तो । सुबोध नजिकैको सोफामा बस भनेर रिपोर्ट हेर्न थाल्छ । डाक्टर सरासर आएर म बसेको सोफामा बस्दै गीतिका तिमीले राम्रोसँग आराम त गरेकी छ्यौ ?
म अलि उता सर्दै हजुर डाक्टर साव ।
दुबै हातको औला मिक्स गराउँदै मुख तिर हेरेर तिमी चिन्ता धेरै गछ्र्याै नि हो ?
होइन डाक्टर साब त्यस्तो त केही छैन ।
दोपट्टा मिलाउँदै बरु डाक्टर साव सुवासको रिपोर्ट हेर्नु भए हुन्थ्यो ?
मुसुक्क मुस्काउँदै म तिम्रो लागि नै आएको ।
साँचै गीतिका तिमीले जीवनमा हामीलाई ठुलो गुण लगाएकी छ्यौँ ।
भो छाड्नु गुण लागाउनुमा मेरो पनि त स्वार्थ छ नि । यसमा बिचमा कुरा काट्दै स्वार्थ बिनाको यो संसार कहाँ चल्छ र ?
अँ साँच्चै मैले ब्याग ल्याउन बिर्सेछु । सुबोध जाऊ त लिएर आऊ ?
सुबोध आफ्नो हातको रिपोर्ट डाक्टर प्रभातको हातमा पार्दै बाहिर निस्किन्छ, रिपोर्ट हेर्दै मलाई एकदमै नियालेर हेर्दै–“गीतिका ।”
हतारिँदै “हजुर, तिमी एउटा साहसी र इमान्दार अनि लगनशील नारी हौ । सुवासको एक दमै नाजुक अवस्था छ । अवस्था मेरो सल्लाह मान्छौ भने उहाँको अप्रेशन नराउ ।
कम्मरको मूल नसा सरी च्यापेको छ जहाँ अप्रेसन गर्दा मान्छे बाँच्न सफल हुन्छने ।
यो संसारमा कस्ता कस्ता मान्छे बाँचेका छन् सुवासको त मात्र खुट्टा चल्दैन अरु त ठिक भइसक्यो नि त्यही हो आराम अलि धेरै गर्नुपर्छ ।
फेरि एक पटक मरेको मान्छेलाई तिमीले जन्म दिएकी छौ । अब फेरि मेरो भन्नु केही छैन ।”
त्यसो भए अब अप्रेसन गर्न नपर्ने भयो त ?
तपाईँको बिचार मैले त तिम्रो भलाइको लागि मात्र भनेको हो । ‘‘अब हामी नेपाल फर्किन सक्छौँ त ?”
यस, तर तिमी जहाँ भएपनि आराम चाहिँ धेरै गर्नु पर्छ ।
सुबोध दुबै हातले ब्याग समातेर दादा लिनुस्, प्रभात बसेको स्थानबाट उठ्दै हल्का मुस्कान छोडेर दुबै हात ब्याग लिन अगाडि बढाउँछ । ब्याग दिँदै गीतिकालाई हेर्छ, अँध्यारो अनुहार लगाएर बसेकी गीतिकालाई नियाल्छ ।
अब सुवासको अप्रेसन….बिचमा कुरा काट्दै हुँदैन पुन सुवोध पहिलेकै ठाउँमा बस्छ । गीतिका रिपोर्ट हातमा बटार्दै त्यसो भए अब हामी जाम त डाक्टर साव ?
अँ, गीतिकाको अनुहारमा कताकता डर अनि चिन्ताको रेखाहरु डेखिन्छन् । “मैले तिम्रो नाममा ५० लाखको चेक काटिदिएको छु । यी” भन्दै ब्यागबाट चेक झिकेर प्रभाग गीतिकाको अगाडि कैफियत गर्छन् ।
‘‘नाइँ डाक्टर साब, म यो पैसा लिँदैन । बिचमा कुरा काट्दै के कुरा गरेको तिमीले ।” यो तिम्रो बिचमा…कुरा काट्दै हो कुनै समय तपाइँलाई आपत् परेको थियो । मैले सहयोग र हजुरले पनि मलाइँ सहयोग गर्नु भयो । यसको मतलब यो होइनकि मैलै आफूलाई बेचि दिएँ ।
माफ गर्नुहोला हामी दुबैलाई दुबैको खाँचो थियो र पूर्ति भयो अब त्यो कुरा त्यहीँ सकियो ।
सकेसम्म आज हामी निस्कन्छौँ होला । हामी दुखीलाई दया गरेकोमा धेरै धन्यवाद । हल्का मुस्कुराउँदै सायद तपाईँको यो गुण म कहिले भुल्दीन म ।
डाक्टर केही भन्न खोजी रहेको हुन्छ तर मलाई अलि हतार भएकोले “हवस् डाक्टर साब नमस्कार” भनेर म कपाल कानमा कोच्दै जुरुक्क उठेर हिँड्न थाल्छु ।
संसारमा भगवान्ले यसता मान्छे पनि बनाउनु भएको छ । अब म गीतिकालाई यो ५० लाख होइन ६० करोडको बिस्केट कम्पनी दिँदै छु ।
जसको कारणले आज मेरो प्यारो भाइलाई पाएको छु । सुवोध जसरी हुन्छ यो कम्पनी उनैलाई देऊ । त्यो तिम्रो काम जाऊ गीतिकालाई घर जानबाट पनि रोक ।
हवस् दादा हुन्छ भन्दै आफ्नो ठाउँबाट उठेर सरासर गीतिकाको कोठामा जान्छ । ब्यागमा कपडा मिलाएर राख्दै । सुवास साथी भएपछि सुखमा मात्र होइन दुखमा पनि साथ दिनु पर्छ । अब जाऊ नेपाल म तिमीलाई तिम्रो घरसम्म पु¥याई दिन्छु ।
डाक्टरले भनेको अब तिम्रो अप्रेसन नगर्दा बेस हुन्छ रे । सुवास बसेको बेडमा खुट्टा हल्लाउँदै तिमीलाई कसरी थाहा भयो मेरो बारेमा हँ ?
हल्का मुस्कुराउँदै मेरो रिपोर्ट देखाउन गएको बेला मैले तिम्रो बारेमा पनि सोधेको ।
सुवास अनि बिना रिपोर्ट बिचमा कुरा काट्दै–“ए बाबा तिम्रो रिपोर्ट मसँगै थियो ।” “अनि मेरो रिपोर्ट तिमीसँग कसरी आयो ?” “मुख बिगार्दै भन्यो ।”
तिमीलाई हिँड्न गाह्रो हुन्छ भनेर मैले लिएको सुवास अलि झन्किँदै–
‘‘तिमीले रिपोर्ट लिँदा कमसेकम मलाई सोध्नु पथ्र्याे नि ? सबै कुरामा हस्तक्षेप गर्ने । मन मनै सोच्छ ।
ब्यागको चेन लगाउँदै के भयो ?
‘‘केही होइन ।
त्यसो भए जाउन त डाक्टरलाई भेट्न ?
जान्न म त आफै जा ?
‘सरी सुवास तिमी हिँडन सक्दैनौ त्यसैले…..।” सुवास रिसाउँदै भो भो कसैको सहयोग चाहिँदैन मलाई । आजसम्म भेट्न पनि कोही आएको छैन् यो संसारमा को छ र ? मेरो बिच बसेको ठाउँबाट उठेर दुवै हातले कान समात्दै “सरी अबदेखि कहिल्यै यस्तो काम गर्दिन पिलिज ।”
‘‘भो भो आफ्नो परिवारले त साले यस्तो बेला हेरेन । तिमी त को हौ र ?” सुवास आँखाबाट डलबल गराउँदै आँसु झार्छ मन छियाछिया भएर चिरा भएपनि सुवासको टाउको आफ्नो छातीमा टाँस्दै दुवै हातले कपाल मुसार्दै–“म छु सुवास तिमी चिन्ता नगर । म तिमीलाई नेपाल लगेर तिम्रो घरसम्म पु¥याइदिन्छु ।”
टाउको हलाउँदै “किन जाने ? मेरो को छ र ! त्यहाँ म जान्न तिमी अब जान सक्यौ । मेरो पछि नलाग तिमी” “जाऊ” भनेर सुवास झोकिन्छ र म तिर कन्नो फर्काउँछ ।
आँखाबाट चुहिन थालेको आँसु लुकाउँदै ‘‘दुखमा साथ नदिए के साथी होइन र ?”
अझ झोक्किएर–‘‘को साथी ? कोइ छैन यो संसारमा मेरो अब । “म यसरी जिउन पनि चाहन्न । तिमी छिटो भन्दा छिटो निस्किहाल भन्दै गडी सुबास बेडबाट खस्छ । म हतारिँदै सुवासलाई उठाउन खोज्दा मलाई कसैले दया गर्न पर्दैन नछोऊ भन्दै विस्तारै आफूलाई सम्हाल्न खोज्छ तर सक्दैन ।
“सुबास म तिम्रो निम्ति नै सुरुदेखि आएको हुँ ।” भन्न पनि सकिन कस्तो बिडम्बना यो जीवनको आफ्नो पीडाले छटपटाएको छ । तिमी आफ्नो पीडाले ।” छिन भरको लागि वातावरण रोदनपूर्ण हुन्छ ।
सुबोध ढोकासम्म आएर पुन फर्किन्छ । आज छर्लङ्ग भो गीतिका झुट बोलेको कुरा एक्कासी जान पनि नसक्ने फर्किएर पुन सुबोध थाहा नभए झँै गरी मोबाइलमा नेपाली गीत बजाउँदे गीतिका भन्दै आउँछ ।
म हतारिँदै आसु पुछेर बसेको ठाउँबाट उठेँ । आउन भित्र, सुबास भुइँ मै पल्टेको हुन्छ ।
“अरे सुवास तिमीलाई के भयो ?” ऊ आँखाको आँसु पुछ्दै पुर्लुक्क हेर्छ मात्र । बिस्तारै पाइन्ट मिलाउँदै सुवास तिमीले के हाल बनाएको भन्दै विस्तारै सुवाससँग टाँसिएर बस्दै “ल हिँड आज तिमी र म हाम्रो कम्पनीमा भिजिट गर्न जाऊ भन्न आको” भन्दै दुवै हातको सहाराले उठाएर बेडमा राख्छ तर सुवास मानि रहेको हुँदैन । गीतिका तिमी पनि तयार होऊ । अनि तिमीले छिटो गर । सुवासले मुन्टो बटार्दै जानु छैन मलाई कतै पनि ।
तिम्रो लागि भनेर सर…… बिचमा कुरा काट्दै हेर गीतिका जान मन छ भने जाय तर मलाई कर नगर भन्दै सुवास बेडमा पल्टिन्छ । म हातमा समातेको कपडा जहाँको त्यहीँ राख्दै उठेर बाहिर लागेँ ।
सुबोधले एकदमै ध्यान दिएर हेरि रह्यो तर केही नभनेर सुवासको कपडा मिलाउँदै पुन बेडमा बस्छ ।
सुवास आँसु पुछ्दै–“यस्तो जिन्दगी जिउनु भन्दा त मर्नु नै बेस ।” सबैजना आफ्नै धुनमा मस्त छन् । घर जाने कुराले मेरो र सुवासको जस्तो दिन झगडा पर्न थाल्छ । अनि यसरी नै महिनौ बितेको थाहा नै भएन । खास सम्बन्ध राम्रो नभए पनि जसो तसो दिन चलेकै थियो । बिहानको सूर्यको किरणले धर्तीलाई उज्यालो छर्न थाल्छ । सबै जनाको आँखा विस्तारै खुल्दैछन् । कतिले त खोलि पनि सके ।
म उठेर हात मुख धोएँ र कपडा ब्यागमा राख्दै सुवास उठन अहिले ढिलो हुन्छ ।
सुवास जुरुक्क उठेर बस्दछ । मेरो ब्रस ल्याऊन त । मैले उठेर सुबासको ब्रसमा कोलगेट राख्दै–‘‘आजै नेपाल पुगिन्छ सुवास ?, ब्रस दाँतमा ब्रस लगाउन” “खै थाहा छैन मलाई ।” ब्रस पुगाउँदै ढोका तिर कोही आएको जस्तो लागेर हेर्छु । हेरेर म पुनः कपडा मिलाउँदै बस्छु ।
सुबोध काँधमा टाबेल राखेर कपाल कन्याउँदै ढोकामा उभिन्छ । ऊ मलाई हेरि रहन्छ । सुवास मुखको ब्रस निकालेर– ‘‘भित्र आउन सुवोध ।,”
सुवोध हुन्छ यत्तिकै ठिक छ । म जान्छु भनेर सुवोध जान्छ । सुवास छिटो गर नत्र ढिला हुन्छ के ? अनि लारिँदै भन्छु । मुखको ब्रस निकाले तिमीलाई त्यतिको हतार छ भने गै हाल । मुखबाट बाल्टीमा थुक्दै फेरि मलाई नेपाल जान सक्दैन भन्ठानेर खाली छिटो जाउँ जाउँ भन्छ्यो त, तिमी जाउन त तिमीलाई कसले रोकेको छ ? बिहान बिहान दिमाग खराब गर्छ यार भन्दै हातको ब्रस बेडमा
फाल्छ ।
म त हेरेको हेरै भएँ । ऊ झन्झन् फतफताउन थाल्यो ।
साले तँ मेरी श्रीमती होस् र तैले भनेको सबै कुरा मान्नु । तँ जान त । तेरो लागि ढोका खुला छ ।
‘‘म जसरी भए पनि गर्छु चाहे म बाचौँ, म चाहे मरौँ तँलाई के मतलब ? तँ को होस् र मेरो पछि लागि रहिछस् के हो ? सुवास कराउन
थाल्यो ।
असह्य भएर आँखाबाट आँसु खस्न थाल्यो म बसेको ठाउँबाट उठेर बाहिर निस्केँ ।
क्रमश अर्को साता ….