Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

चाहनाको फूलबारी – गीता नेपाली

मेरो दुखसुखको भारी बिसाउने एउटा कटहरको बोट थियो त्यही बोटतिर गएर बुटामा अडिँदै मनमा अनेक कुराले झन मन छिया छिया भयो ।


आएको महिनौँ भइसक्यो । सुबासको लागि मैले के गरिन । कस्तो भाग्य हो कोही नभएको बेला सहारा दिएँ । मैले जसको निम्ति सबै त्यागेँ आज उसको नजरमा गिरेर बस्नु प¥यो । त्यसरी सुखमा हुर्किएको पाउने यस्तो दुखमा न सबै कुरा भन्न सक्छु । आँखाबाट बलिनधारा वर्षा बर्सिन थाल्यो । दिउँसै रात प¥यो बिना बादल आँधी बेहरीसँगै पानी प¥यो ।
सुबोध पछाडिबाट दायाँ कुममा हात राख्दै कति दिनसम्म यसरी बिना आगो आफै जलेर मछ्र्याै । मैले तिमीलाई कहाँ कहाँ खोजिन तिमी त यहाँ आएर रुँदै रैछ्यौ ।
तिमीले दुनियाँलाई झुट बोल्यौ तर आफूसँग किन बोल्न सकिनौ कुमको हात हटाउँदै कुनै जवाफ नदिएर बसेको ठाउँबाट उठेर आँसु पुछ्दै पाइला अगाडि बढाउन प्रयास गर्छु । सुबोध अगाडि आएर किन तिम्रो श्रीमानले तिम्रो कुनै कुरा पनि मान्नु हुन्न ? कस्तो श्रीमान् ? एउटा श्रीमतीले आफ्नो किड्नी बेचेर उपचार गर्छे, तर श्रीमान कति निर्दयी । म जस्तो भए त लात लगाएर ….विचमा कुरा काट्दै “बस सुवोध अब अगाडि केही नबोल ।”
“किन तिमी मसँग झुट बोल्यौँ । तिम्रो श्रीमान्ले तिमीलाई दुख दिन्छ किन ?”
दुवै हातले कपाल समात्दै दायाँबायाँबाट सुवास मेरो श्रीमान् होइन भन्दा आँसु पानीका थोपा जस्तै तप तप खसिरहे । सुबोध एक छिनसम्म हेरिरहन्छ । अनि नजिकै बस्दै आँसु झार्दै अनि किन यतिका पीडा बोकेर अनावश्यक आफूलाई दिन प्रतिदिन मार्दै छ्यौ ।
दायाँ हातले आँशु पुछदै म सुवासलाई माया गर्छु तर ऊ गर्दैन । अगाडि आएर दुवै हात जोड्दै मैले मेरो मायालाई बचाउन हजुरको परिवारसँग झुट बोलेँ म घरबाट पढ्न भनेर निस्केको मेरो बाबा आमालाई यस बारे केही थाहा छैन ।
विन्ती छ मैले सुवासको उपचारको निम्ति किड्नी बेचेको कुरा सुवासलाई नभनिदिनु अनि सुवासको मेरो सम्बन्ध कसैलाई पनि नभनिदिनु । हुँ हुँ आँसु र आवाज सँगै सँगै आउँदाआउँदै सुवोधलाई अँगालो हाल्दै धेरै वेर रोएँ पछि सुबोध पनि आँशु बगाई रहेको हुन्छ । सुबोधको अर्कै जी.एफ छ के गर्ने दुनियाको नजर उठेको यो शिर एउटाको शिरमा नखाएको विया खाएर खाँदै झुक्नु परेको छ । आखिर मैले के गल्ती गरेको थिएँ मलाई यति ठुलो सजाय । यो कुरा कसैलाई पनि थाहा नदिनु है ।
सुबोध मन्टो हल्लाउँदै हुन्छ म कसैलाई भन्दिन । अब त नरोऊ पिलिज ।
सिम्पल सुट, लामो कपाल भएको कसैको जिन्दगी बनाउन कसैसँग झुट बोल्ने सुबोध जाऊ भन्दैन मनका कुरा खेलाउँदै हेर्छ ।
सुवास नगएपछि तिमी मात्रै नेपाल जान्छ्यौ त ? भन्दै दुबै हातले मेरो दुबै कुममा समात्न दाँत अगाडि बनाउँदै आफू उठ्छ ।
कपाल माथितिर फर्काउँदै आँसु पुछेर मन्टो हल्लाउँदै नाइँको सङ्केत दिएर म उठ्न खोज्दा, आफ्नो बायाँ हात मेरो कुममा राख्दै ‘‘ तिमीलाई थाहा छ गीतिका मेरो जि.एफले मलाई छाडी” मैले बिस्तारै नजर उठाएर सोधेना किन ?” तिमीलाई सुबासले माया नगरेपनि तिमीले उसलाई कति गर्छौ साथी तिमी जस्तो राम्रो मान्छे त यो दुनियाँमा छैन ।
‘‘तिमीलाई थाहा छ राम्रोमा पनि केही नराम्रो लुकेको हुन्छ ।” बिचमा कुरा काट्दै ‘‘त्यो त हो, तर त्यो कुरा तिमीमा छैन ।”
कसलाई चिरेर हेर्न सकिन्छ र ?
त्यो छैन्
‘‘अनि मायामा यति ठुलो बलिदान….. बिचमा कुरा काट्दै–‘‘तिमीलाई थाहा छैन मान्छे कति स्वार्थी छन् । त्यसैले सुबास मेरो चाहान हो । मेरो मनको बारीमा सजिएको छ म चाहेर पनि उसलाई त्याग्न सक्दिन ।
‘‘त्यसो भए तिमी उसको चाहनाको फुलबारी त होइनौ नि ।”
बिचमा कुरा काट्दै भन्छ ।
हल्का मुस्कान छोड्ने वहानामा पीडा लुकाउँदै आँखा रसाउँदै सायद ‘‘हजुरले भनेको कुरा सही हो ।”
‘‘छोड्नुस यी सबै कुरा, सुबासलाई कसरी नेपाल लैजाने ? उ जान मान्दैन ।”
निधार खुम्च्याउँदै “तिमी जाऊ न त ?”
मर्दा पर्दा चाहिन्छ भनेर त साथी बनाउने हो । बिचरा सुबास तपाईँ उसको ठाउमा भएर जिउनुस् त ?”
“हो म पनि महसुस गर्न सक्छु ।”
“तर तिमीले त धेरै महसुस गरी सक्यौ ताकि आफ्नो सबै खुसीहरु पनि त्यागि सक्यौ । आखिर यो गरेर के पायौ हँ ?
“संसारमा सबै कुरा कहाँ पाइन्छ र ? याद गर पाएको भन्दा गुमाएको चिज नै प्यारो हुन्छ” भन्दै दोपट्टा मिलाउँदै “जाऊँ सुवास एक्लै छ ।” ल ल जाउँ सुबोध पिलिज सुवासलाई नेपाल लैजाने वाताबरण बनाइदेउन ।
‘‘हामीले भनेर हुने मेरो लागि भए पहिले नै पठाउँथ्यौ उसको व्यवहारले म त दिक्क छु ।”
दिउसो करिव करिव १२÷१ बजि सकेको हुन्छ । सरा झैँ सुवासलाई फकाउन म लागि रहन्छु ।
सुवासले मान्यो र जाने भएपछि एक्कासी कसैलाई पनि नभेटेर सुवासलाई रिक्सामा बसाएर, म सामान हतार हतार रिक्सामा राखेर, बस स्टेसनमा पुगेर गाडीमा बस्याँै ।
उता सुवोध गीतिकाको कोठामा हेर्न जाँदा त छैन हतारिँदै त्यहीँ नजिकैबाट गइरहेको एक जनालाई सोध्छ ‘‘यहाँको मान्छे सबै कहाँ गए । देख्नु भयो ?”
‘‘अँ, उहाँहरु त जानु भयो अघि भरखर ।” हतारिँदै कोठामा गएर कारको चावी लिएर फुलवारी अगाडि राखेको कार घँुइक्याएर बस स्टेसनमा पुगेर कहिले कुन गाडीमा त कहिले कुन गाडिमा खोज्दै जाँदा गीतिकाको दोपट्टा झ्यालबाट देखिन्छ । अनि हतारिँदै तेतै तिर गएर बसमा चढ्छ ।
‘‘वा गीतिका, एकपटक जान्छुसम्म पनि भनिनौँ । ” आबाज मात्र आइ पुग्छ । म जुरुक्क उठेर हेर्दा त सुवोध हस्याङफस्याङ गर्दै आएको रहेछ । सुवासलाई फकाउँदा हुन्छ भन्यो, फेरि नाइ भनेपछि अझ समस्या हुने त्यसैले दौडाइहालेँ ।
“पिलिज नराम्रो नमान्नु होला तपाईँहरु जस्तो भगवान् म कहाँ बिर्सन्छु र उसलाई घरमा पु¥याएर आउँछु नि ।”
“नजिकै यहीँ हुँदा त जान्छु भनेर न भन्ने मान्छे झन् तिमी घर गएपछि आउँयाँै । भो छोड अब तिमी जाँदै छयौँ यो चिठ्ठी आमाले दिनु भएको लौ घर गएर खोल्नु । अनि तिम्रो घर ठेगाना देउन” भन्दै गोजीबाट सानो पकेट बुक र पेन निकालेर दिन्छ, चिठ्ठी सिटमा राखेर मैले घरको ठेगाना लेखेर दिन्छु ।
बस स्टार्ट हुन्छ । ऊ एक तमासले मलाई हेरि रहन्छ । ‘‘गीतिका मलाई नबिर्स है । म पछि नेपाल आउँछु” भनेर बसको ढोका बाहिर निस्किन्छ । बस स्वाट्ट जान्छ । ऊ एकछिन सम्म घोरिएर हेरि रहन्छ र भन्छ “म त मरेकै थिएँ तिमी आई बचाइ दियौ । अब जिउन चाहन्छु म बिच मै छोडी गयौ, ऊ हुँ हुँ हुँ … । तिमी सँगै सजाएका सपनाका फूलहरु झरे
पछि ।
एकाएक आँधी बेहरी आयो एकै छिनमा यो संसार शुन्यमा परिवर्तन भयो । भरी पानीको घडा रितिए जस्तो महसुस हुन थाल्यो । जता हे¥यो यतै गीतिका नै गीतिका देखिन्छ सब क्या है ।
संसारको नियम मिलनपछि बिछोड भन्दै मन खिन्न पारेर सुबोध फर्कियो । गाडी नेपाल तिर लम्कियो ।
बिहानको झुल्के घाममा निला आकाशले पनि कमै मात्रामा बादलका टुक्रा बोकेकाले आकाश सफा देखिन्छ । पारि क्षितिजमा पहाडले आकाश छोएको जस्तो देखिन्छ । बसपार्कको अगाडि गाडी रोक्छ मेरो कुममा सुबासको टाउँको अडिएको हुन्छ । टाउँको विस्तारै हटाउँदै, सुवास उठ्ने होइन सुवास ? बायाँ हातले आँखा मिच्दै हुँ हुँ भन्दै कुमबाट उठाउँछु । यता उता हेर्छ, र म कपाल मिलाउँदै तिमी यहीँ बस म रिक्सा लिएर आउछु भनेर उठ्दा दुबै हातले कपडा मिलाउँदै गर्दा म हरेको हेरै भएँ । यी हेर्नुस्न यो सेरागम पेपरमा तपाईँलाई तपाईको परिवार स्वास्थ्य सम्बन्धी केही समस्या छ भने थेरापी गर्नु भयो भने सन्चो हुन्छ ।
म मुखका हेर्दै पेपर लिन हात अगाडी बढाउँदै नसा सम्बन्धी बिचमा कुरा काट्दै ए झन काम गर्छ ल आउनु होला है भनेर बसको ढोकाबाट झरेर हतारिँदै एउटा अपरिचित युवती जान्छे ।
त्यस पेपरमा यस्तो लेखिएको छ ।
निशुल्क सेवा
ज्भउिष्लन थ्यगच षिभ
ऋभचबनझ
के तपाईँ आफ्नो शरीर स्वस्थ राख्न चाहनु हुन्छ ? प्राकृतिक तरिकाबाट रेखदेख कोरियन थर्मल थेरापी मेसिन युरोप अमेरिका लगायत ८० देशमा सेवा दिन सफल सेरोजेम परिवारको आवश्यक स्वास्थ्यको जरुरी ।
हजुरको सुन्दर नगरी नेपालगन्जमा नमस्ते केयर सेन्टर प्रा.लि.
राम्रोसँग हेरेरँ म रिक्सा लिन बसको ढोकाबाट बाहिर निस्केँ । सबै आफ्नै धुनमा छन् । म एक जना दाजुलाई रिक्सा लिएर बायाँतिरबाट आउँदै गर्दा ‘‘दाइ ! रिक्सा खाली हो ?”
‘‘अँ कहाँ जाने हो, आउनु न
पहिला ।”
रिक्सा त बोलाएँ कहाँ जाने केही टुङ्गो छैन, तै पनि बोलाएँ रिक्सा वाला दाइ आए ।
अनि गाडीसम्म गएर सुवासलाई रिक्सामा बसालेँ र भने दाइ यो ठेगानामा पु¥याइदिन सक्नु हुन्छ ।
‘‘बहिनी त्यही त भन्दिन तर सोध्दै जाउँला नि ।” मैले पनि सेराजिमको बारेमा सुनेको छु । भन्दै रिक्सा चलाउन सुरु गर्छ । बिस्तारै सिरिरी हावा चलेको हुन्छ कोही आउँदै कोही जाँदै मान्छेको भिड भाड पनि त्यत्तिकै हुन्छ । गाडि फाटफुट मात्रामा चलि रहेका छन् । समय विस्तारै ….
मात्रामा…
रहेको हुन्छ । आहा….
नेपालमा प्रवेश गरेपछि………..
छुट्टै मजाको आभास भयो
कहिल्यै हाम्रो घरका मान्छेहरु आउँछन् कि भनी आशा पलाउँदै जान्छ । अनि एक छिन पछि नचिनेको अपरिचित फेरि मान्छे केही पछि आशा शून्यमा बदलिन्छ ।
केही समय पछि हामी नेपालगन्ज सहरहरुमा प्रवेश ग¥याँै । सेतु विक चोक अगाडि, बागेश्वरी हल अगाडि मान्छेहरु लाइनमा लागि रहेको देखेर म एक छिन ‘‘हेइ” भन्दै लाइनमा गएर यो के को लाइन हो ?
ऋभचबनबm को लाइन हो ।
ए, अनि कस्तो कस्तो विरामीलाई ठिक हुन्छ ?
पहिला तपाइँको विरामीको समस्या के हो ?
नसा सम्बन्धी ।
कस्तो नसा सम्बन्धी ।
नसा …च्यापिएको छ कम्मरमा
हुन्छ तर तपाइँ धेरै दिन सम्म आउनु पर्छ–भन्दै झोला हेर्दै ‘‘अनि खैत विरामी ?”
ऊ रिक्सामा ।
जाउन वरु रिक्साबाट निकाल्न सहयोग गर्न सक्नु हुन्छ ?
हुन्छ भन्दै दुई तिन जना रिक्सा तिर जान्छन् । रिक्सामा भएको ब्याग निकाल्दै कति हो रिक्सा भाडा ?
एक हजार भयो । व्यागबाट रुपौँया निकाल्दै “धेरै भएन र । ल लिनु होस्” भन्दै मैले मेरो हात अगाडी बढाएँ । अनि उसले लियो सुवासलाई भुइँमा उतारिदियो र लाइन
लागियो ।
करिव करिब ११÷१२ बजि सकेको थियो । मान्छेहरको भिड थियो । सुवासले निकै ध्यान दिएर वरपर हेरि रहेको थियो ।
दिउँसोको समय भएर होला निकै टन्टला पुर घाम थियो ।
केही समय पछि हातमा सानो डाली र त्यसमा क्यारेम बोर्डको जस्तो गोटी लिएर सबैलाई नमस्कार गर्दै हल्का मुस्कानका साथ माथिबाट तल झरिन् एक जना महिला ।
अनि त्यहाँका मान्छे सबै एक दमै लाइन मिलाएर उभिए । सबै जनाले हात अगाडि बढाए पछि हातमा गोटी लगाइ दिन्थिन । मेरो पालो आयो । मैले हात अगाडि बढाउँदै “मलाई केही थाहा छैन” । “माथि जानुस सबै कुरा थाहा हुन्छ ।” सुवास मलाई हेर्छ । म विस्तारै उठाउन खोज्छु । लिनुहोस् हजुरले भन्दै हातको टोकन अगाडि बढाउँछिन यो उहाँको लागि हो मलाई त केही भएको छैन हल्का मुस्कानले भनिन् त्जभचबउथ भन्ने रोग लागेको छ , दुबै जनाले प्रयोग गर्न मिल्छ ।
उहाँलाई सन्चो भए पछि म पनि
गर्छु ।
सुवास एकनासले हेरि रहन्छ । ‘‘बरु उहाँलाई माथिसम्म लिने कसरी पो हो ?” मैले भने ।
“म अरुलाई सहयोग गर्न पठाइ दिन्छु” भन्दै उनी माथि जान्छिन् मुख बिगार्दै खै के होला र ! “विचार गर्दैमा के बिग्रिन्छ” ।
मन्टो बिस्तारै तल माथि हलाउँछ । म उसलाई हेरिरहन्छु । माथिबाट एकजना आफ्नो सर्ट मिलाउँदै भन्छिन “हजुर हो माथि जाने ?”
म हतारिँदै बसेको ठाउँबाट उठेर ‘‘हजुर उहाँ नै हो ।” उसले बस्दै आउनु म बोकेर लैजान्छु भन्यो बोकेर माथि गेटमा अडिँदै–‘‘चप्पल प्लाष्टिकमा राख्नु पर्छ हामीसँग छैन त” ढोकामा एक जना स्टाफ मुस्काउँदै “नमस्कार” ।
आज म दिन्छु भन्दै कालो पलास्टिक अगाडि बढाउदै–‘‘लिनुुस दिदी”। मैले हात अगाडि बढाएँ । दुबै चप्पल प्लास्टिकमा राख्दै म अगाडि बढ्न लाग्दा नमस्कार ! म अकमकाउँदै नमस्कार गर्दै अगाडि कुर्सीेमा बस्छु । लगभग त्यहाँ जम्मा १०० जना भन्दा धेरै मान्छेहरु कुर्सीमा बसेका थिए । अगाडि एक जना स्टाफले सेराजिमको बारेमा जानकारी दिइ राखेको हुन्छ ।
हामी पनि पछाडी गएर बस्यौँ । मलाई त कताकता कुनै भिआइपी कार्यक्रम जस्तो लाग्यो । चारै तिर झिलिमिली छ । विचविचमा गाना बजाना पनि प्रत्येक १÷२ घण्टामा लेक्चर हलबाट उता बेडमा गएर सुत्थे, टोकनको कलर खनुसार पालो आउँदो रहेछ ।
एक जनाले अर्काे स्टाफलाई सनान र आदर पूर्वक अगाडि बोलाउनु हुन्छ ।
अगाडि आएर सबैलाई नमस्कार गरर आज पहिलो दिन ऋभचनझ ? मा आउने कति जना हुनुहुन्छ । हात उठाउनु होस् ।
हामी दुबै जनाले हात उठायौँ । पुन अगाडिबाट विस्तारै अगाडि आउनु होस् भन्दा अब सुवास उठेर अगाडिसम्म पनि जान सक्दैन ।
सबै जना अगाडि जान्छन् । म घरी सुवास तिर घरि अगाडि हेर्दै हजुर मात्र अगाडि आए पनि हुन्छ भन्दा, म बिस्तारै अगाडि जान्छु ।
हामी सात आठ जनालाई त्यहाँको सबै भन्दा ठुलो ठानेर त्यहाँको प्रमुखले सरले खादा माला लगाई दिनु भयो र समस्या एक एक गर्दै सबैजनालाई सोध्नु भयो ।
मेरो पालो आयो ।
‘‘नमस्कार, नमस्कार ”
‘‘हजुरको शुभ नाम ?”
‘‘गीतिका” ‘‘कहाँबाट आउनु
भयो ? ”
‘‘अहिले लखनऊबाट आउँदै छौँ ।”
‘‘तपाईँको समस्या मेरो समस्या ?” ‘‘होइन । मेरो भाइको समस्या । उसको कम्मरको नसा च्यापेको छ ।
दुर्घटना भएर त्यसैले हिँड्न सक्नु हुन्न ।
सबै जनालाई सोध्नु हुन्छ ‘‘उहाँहरुको समस्या ठिक हुन्छ कि हुँदैन ?” एकै आवाजमा सबै जनाले ‘‘हुन्छ” भनेर आवाज दिन्छन् । ‘‘सन्चोे हुनलाई कहिले सम्म आउनु पर्छ ?”
फेरि सबै जनाले एकै आवाजमा–‘‘निको नभए सम्म आउनुपर्छ ।”
पुन हामीतिर फर्केर–‘‘तपाईँहरु सन्चो नभएसम्म आउनु हुन्छ ?”
हामी सबै जनाले आउँछाँै, भनेका
हुन्छौँ ।”
‘‘हुन्छ त अब गएर बस्नुस् ।
घाँटीमा गएको खादा निकाल्दै सबै जना आआफ्नो स्थानमा गएर बसे ।
केही समय पछि पहेँलो टोकनको पालो आयो सबै जसोको हातमा पहँेलो टोकन छ । सबै जना बेडमा जानुहोस् । सेतो टोकन अगाडि कुर्सीमा आएर बस्नु होस् भन्दै “वारि जमुना पारि जमुना” भन्ने गीत बज्छ । २÷४ जना नाच्न पनि अगाडि गएर नाच्छन् । बेडमा गएर बेड नं. अनुसार बेडमा सुत्दा रहेछन् । सुवासको बेड १६ परेको रहेछ ।
सुवास बेडमा सुत्छ स्टाफ नजिकै आएर विस्तारै खुट्टा खुम्याउन लगाएर कम्मरमा मेसिन राखि
दिन्छिन् ।
क्रमश अर्को साता ….