Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

बोटेचौरमा कृषि व्यापार तथा सांस्कृति माघि महोत्सव शुरु

सुर्खेत । गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा महोत्सव शुरु भएको छ । स्थानीय बस्तुको प्रवद्र्धन गर्न बोटेचौरमा कृषि व्यापार तथा सांस्कृति माघि महोत्सव मंगलबारदेखी शुरु भएको हो ।

 

महोत्सवको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष ससीराम भट्टराईले उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्दै भट्टराईले स्थानीय कला संस्कृतीको जगेर्ना र कृषि वस्तुको प्रर्दशनीमा सहयोग पुग्ने विश्वास लिए ।

उनले सदरमुकाम केन्द्रीत हुने मेला÷महोत्सव गाउँ तहमै सञ्चालन गरेर स्थानीय उत्पादनहरुको प्रचार गर्नु सकरात्मक पक्ष भएको बताए । स्थानीय स्तरमा उत्पादन हुने कृषि प्रर्दशनीका लागि विशेष स्टल राखेर प्रचार प्रसार गरिएको मेला आयोजक समितिले जनायो ।

माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि प्रदर्शनी तथा प्रतियोगिता, खुला भलिवल प्रतियोगिता, स्थानीय लोक सांस्कृतिक झल्कने नाच, झ्याउरे, टप्पा तथा पञ्चेबाजा प्रदर्शनी, झुला तथा बालउद्यान राखिएको छ ।

महोत्सव उद्घाटनमा उच्च मुल्य वस्तु आयोजनाका कार्यक्रम अधिकृत हरिमदन अधिकारी, गुर्भाकोट नगरपालिकाका वडाध्यक्ष, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि लगायतको उपस्थिति थियो ।

८ दिनसम्म सञ्चालन हुने महोत्सवको दोस्रो दिन राष्ट्रिय कलाकार खुमन अधिकारी, सुकदेव अधिकारी लगायत कालाकारहरुको प्रस्तुती रहनेछ । महोत्सव अवधिमा २० लाखको कारोवार र झण्डै ३५ हजार नागरिकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।