Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

क्षेत्रीय उसु प्रतियोगीतामा ७ स्वर्ण सहित सुर्खेत प्रथम

सुर्खेत, माघ २ ।

सुर्खेत रंगशालामा जारी राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनशीप अन्र्तगत क्षेत्रीय उसु प्रतियोगीतामा ७ स्वर्ण पदक सहित सुर्खेत प्रथम भएको छ । माघ १ गते देखि शुरु भएको प्रतियोगीतमा सुर्खेत प्रथम भएको हो । त्यसैगरी विभिन्न तौल र टिम समूह तर्फको प्रतियोगीतामा ५ स्वर्ण पदक सहित बाँके दोश्रो र ४ स्वर्ण पदक पाएको बर्दियाले तेश्रो स्थान हात पारेको छ । सुर्खेतले प्रथम स्थान सहित ५ काँस्य र १ रजत पदक हात पारेको छ ।

त्यस्तै, दोश्रो स्थान हाँसिल गरेको बाँकेले १ वटा काँस्य प्राप्त ग¥यो । बर्दियाले ४ काँस्य र ३ रजत पदक प्राप्त गरेको छ । सुर्खेतका दिपक हमालले नान छ्वान अलराउण्ड तर्फ, मालिका सार्की र लता पौडेलले सान्सौ तर्फ, रमेश वलीले ५२ देखि ५६ केजी तौल समूह तर्फ, राजेन्द्र शाहीले ५६ देखि ६० केजी तौल समूह तर्फ, भरत रानाले ७० देखि ७५ केजी तौल समूह तर्फ र करण मछिमल मगर ले ८० देखि ८५ केजी तौल समूह तर्फ स्वर्ण पदक हात पारेका थिए । आउलु तर्फ प्रथम र दोश्रो हुने तथा सान्सौ तर्फ प्रथम हुने खेलाडीहरुले आगामी माघ ५ गते देखि ८ गते सम्म इटहरीमा हुने १३ औं राष्ट्रिय उसु प्रतियोगीतामा सहभागी हुने मौका पाउने प्रशिक्षक रमेश कुमार तुलाधरले जानकारी दिए ।

क्षेत्रीय प्रतियोगीतामा सुर्खेत, डोल्पा, रुकुम, जुम्ला, बाँके, बर्दिया र रोल्पा जिल्लाका खेलाडीहरुले प्रतिस्प्रधा गरेका छन् । प्रतियोगीतमा २६ जना पुरुष र ११ जना महिला खेलाडीले प्रतिस्प्रधा गरेका थिए ।