Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

बोटेचौर महोत्सव ओइरिदै दर्शक

सुर्खेत ।

माघ १ गतेदेखी जारी रहेको गुर्भाकोट नगरपालिका बोटेचौरमा दर्शकको सहभागी बढेको छ । गुर्भाकोट–९ बोटेचौरमा जारी रहेको कृषि व्यापार तथा सांस्कृती महोत्सवको चौथो दिनसम्म करिव ३० हजार दर्शकले महोत्सव अवलोकन गरेका हुन् ।

बिहीबार गायक कृष्ण रेउले, लोकपप गायिका सरिता प्रजापति, सर्वाधिक लोकदोहोरी गायक नविन खड्काले प्रस्तुती राखेको महोत्सव व्यवस्थापक खिम पाण्डेले जानकारी दिए । उनका अनुसार महोत्सवमा पञ्चेबाजा प्रर्दशनी, स्थानीय टप्पा तथा झ्याउरे नाच समेत प्रर्दशनी गरिएको थियो ।

बिहीबार मात्रै ७ हजार दर्शक अवलोकन गरेको पाण्डेको भनाई छ । शुक्रबार (आज) गायक मिलन लामा, गायिका तृप्ती खड्का, धनराज चुनारा लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने उनले बताए । महोत्सवमा स्थानीय कृषि प्रदर्शनी तथा प्रतियोगिता, खुला भलिवल प्रतियोगिता समेत सञ्चालनरत छन् ।