एड्भान्स ईको क्लवद्वारा सरसफाई कार्यक्रम
सुर्खेत ।एड्भान्स वेटर इङ्गलिस मेडियम सेकेण्डरी स्कुल वीरेनद्रनगर ३ तातापानी अन्तरगत गठित इको क्लवले शुक्रबार वातावरणीय सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय सेवाक्षेत्र भित्र रहेका विभिन्न टोलविकास संस्थाहरुसँगको सहकार्यमा “स्वस्थ घर, स्वस्थ शहर, हामी सवैको रहर” भन्ने नाराका साथ संचालित उक्त कार्यक्रम जुम्लारोड स्थित सिद्धापाइला चौकबाट शुरुभएको थियो ।
एड्भान्स ईको क्लवका अध्यक्ष चन्द्रा वली र रानाटोल विकास संस्था अध्यक्ष गंगा रानाले संयुक्तरुपमा सडकमा झाडुलगाएर उद्घाट्न भएको कार्यक्रम र्सिजनशील टोल हुँदै हरिडिल भुमी अधारभुत विद्यालय जाने टोल सम्म पुगेको थियो । हातमा भाडु, डस्विन मुखमा मास्क हातमा ग्लोब्स लगाएका विद्यार्थीहरुले शिरमा घरआँगन सफाराखौं, कुहिने र नकुहिने फोहरलाई व्यवस्थित गरौं, घर आँगन सफा हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने, दुर्गन्धित हैन सुगन्धित समाजको निर्माण गरौं लेखिएका सांकेतिक टोपी लगाएर सडकमा उत्रिएका विद्यार्थीहरुले टोल सरसफाई गरेका थिए ।
सरसरफाई कार्यक्रममा विद्यालयका प्रबन्धि निर्देशक जीवन शाहीले आफ्ना नानीबावुहरुले गरेको सरसफाई सचेतना अभियानले आफुले सिकेका कुरा व्यवहारमा उतार्न प्रयास गरेको एउटा महत्वपूर्ण नमुनाकोरुपमा लिएको र यसले आफुहरुलाई पनि यस्ता अभियानहरु संचालन गर्ने उत्प्रेरण मलिेको बताए । राना टोल विकास संस्थाका अध्यक्ष गंगा रानाले “यी कलिला हताहरुले टोलसरसर्फामात्र गरेनन हामी अभिभावकहरुको दिमाग पनि सफागरिदिए आज” आफ्नो घरअगाडीको फोहर आफैले व्यवस्थापन गर्नुपर्ने वा सफागर्नु पर्ने भन्दै सचेतना अभियान संचालगरेका विद्यालयका इको क्लवका भाईबहिनीहरुले अभिभावकहरुलाई पनि सोच्न बाध्य बानाएको बताइन । सोही अवसरमा रानाले अब कसैले कसैको घर अगाडीको फोहर सफागर्ने ठेक्का छैन आफुले गरेको फोहर आफैले सफा गरे समाज आफै सफाहुने समेत बताइन। एड्भान्स इकोक्लवका अध्यक्ष चन्द्रा वलीले भानसाबाट निश्कने फाहरलाइ आमाहरुले व्यवस्थित गरे घरआँगन सहजै सफाहुने बताइन्
कार्यक्रम विद्यालयको शैक्षिक क्यालेण्डर बमोजिम क्लवको आयोजना विद्यालयको सहयोग र टोलविकास संस्थाको सहकार्यमा सम्पन्न भएको थियो ।






