Loading... आजः १३ असार २०८३, शनिबार । Saturday 27th June 2026
ताजा खबर
  

प्रदेश सभा बैठकको तयारी पुरा

सुर्खेत –

प्रदेश नं. ६ मा प्रदेशसभा सदस्यको पहिलो बैठक (आज) आइतबार बस्दैछ ।प्रदेश सभा बैठकको तयारी पुरा  पूरा भएको बताइएको छ | सभा  जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

सिंचाई डिभिजनको सभाहलमा बस्ने बैठकमा तीन विषयमाथि छलफल गर्न कार्यसूचि तयार गरिएको छ । प्रदेशसभाको पहिलो बैठकमले सभामुख चयनका लागि मिति तय गर्नेछ । सचिवालयले सभामुख चयनका लागि माघ २९ गतेको मिति प्रस्ताव गर्ने छ ।

यस्तै बैठक संचालनका लागि आवश्यक कार्यविधीबारे पनि पहिलो बैठकमा छलफल हुने सचिवालयले जानकारी दिएको छ ।  बैठकमा ४० जना मर्यादापालक खटिने छन् जसमा ३० जना पुरुष र १० जना महिला रहने व्यवस्था गरिएको छ |  तर पहिलो बैठकमा भने २० जना मात्र खटिने सचिवालयले जनाएको छ ।

पहिलो बैठकमा सहभागी हुन प्रदेशसभाका सबै सदस्य वीरेन्द्रनगर आइपुगेका छन् । संघीयता कार्यान्वयनको महत्वपूर्ण अवसर आएको भन्दै प्रदेश सांसद उत्साहित बनेका छन् । प्रदेशसभामा ४० जना सांसद छन् ।