प्रदेश समृद्धीका लागि एकजुट : जुम्ली सांसद
माघ २५, सुर्खेत ।
प्रदेश नम्वर ६ को समृद्धीका लागि सबै एकजुट हुनेपर्नेमा जम्ली सांसदहरुले जोड दिनु भएको छ । जुम्ली कर्मचारी मिलन केन्द्र सुर्खेतले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्ने जुम्ली सांसदहरुले प्रदेशको समृद्धिका लागि एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । नेपाली काँग्रेसबाट ६ नम्वर प्रदेश सभा सांसद दिनबन्धु श्रेष्ठले कर्णालीमा अनेक सम्भावना रहेको बताउँदै त्यसका लागि सबै मिलेर पहल गर्नुपर्नेमा जोड दिनु भयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य पदमबहादुर रोकायले प्रदेश नं ७ जलविद्युत, वनसम्पदा, जडीबुटी लगायतका प्राकृतिक स्रोतमा अन्य प्रदेशको तुलनामा धनी रहेको बताउँदै त्यसको सदुपयोगमा जोड दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सांसद गजेन्द्र महतले कर्णालीको विकासका लागि राजनीतिभन्दा माथि उठेर समृद्धिको ढोका खोल्न पुराना संस्कार र व्यवहार परिर्वतन गर्न जरुरी रहेको औल्याउनु भयो । जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्ने नसके जनतामा निराशा छाउने र संघीय लोकतान्त्रिक व्यवस्थामा संकटमा आइपर्नसक्ने उहाँको भनाइ थियो ।
कार्यक्रम जुम्ली कर्मचारी मिलन केन्द्रका अध्यक्ष शेरबहादुर रोकायको अध्यक्षतामा भएको थियो ।






