सुर्खेत उद्योग वाणिज्य संघको ३४ औं साधारण सभा
सुर्खेत
सुर्खेत उद्योग वाणिज्य संघको ३४ औं साधारण सभा शनिवार गरिएको छ । साधारण सभामा प्रमुख अतिथिको आशनबाट बोल्दै ६ नं. प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भने, ५२ प्रतिशत गरिबीको रेखामुनी रहेका जनताको जीवनस्तर उकास्नका लागि नीजि क्षेत्रको महत्वपूर्ण भूमिका छ । यहाँको वास्तविकता बुझेर अगाडि बढ्नु जरुरी भएको उनको भनाई थियो । अरुका कारणले पछि परियो भनेर अरुलाई गाली गलौज गर्नु भन्दा आफूले के गर्दैछु र के गर्नु पर्छ भन्ने बारेमा सोच्नु पर्ने उनले बताए ।

मुख्यमन्त्री शाहीले भने, आन्तरिक कारणले हामी पछि परेको बताउँदै उनले भने उद्योग व्यावसायिकर्मी सबैको कारणले यस क्षेत्रको विकास हुन नसकेको वा भौगोलिक कारणले यहाँको विकास हुन नसकेको हो समीक्षा गर्नु पर्दछ । एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नु पर्ने भन्दै मुख्यमन्त्री शाहीले भने, साविकको मध्यपश्चिम भनेको सामन्तवादको उद्गमस्थल पनि हो । सामन्तवादको चिन्तनबाट ग्रसित भएको बताउँदै मुख्यमन्त्री शाहीले भने, काठमाडौंमा बस्ने मान्छेका कारण यो क्षेत्र पछि परेको नभई हाम्रै मतिबुद्धिका कारण पछि परेका हौं । त्यसैले सफलताको शिखरमा पुग्नका लागि मतिबुद्धिको प्रयोग गर्नु पर्ने उनको भनाई थियो । यो प्रदेशको विकास चाहने हो र यस प्रदेशको समृद्धि चाहने हो भने सबै एक ठाउँमा उभिएर अगाडि बढ्नु आवश्यक भएको उनको भनाई थियो । कोही पनि काम गर्दैमा सानो नहुने बताउँदै उनले भने, सबै प्रकारको कामलाई सम्मान गर्नुपर्दछ । काम गर्नेलाई अर्को दर्जाको मान्छे ठान्न नहुने उनको भनाई थियो ।

साधारण सभामा सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले संघलाई स्थापना कालदेखि यहाँसम्म ल्याई पु¥याउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । संघका अध्यक्ष अधिकारीले भने, प्रदेशमा रहेको गरिबीको दरलाई कमजोरीका रुपमा नलिई दिगो आर्थिक विकास र समृद्धिका लागि हातेमालो गर्नुपर्दछ । अध्यक्ष अधिकारीले भने, भोक, रोग र अशिक्षाको मर्याप बन्दै आएको यस प्रदेशमा लगानीका अवसर र सम्भावना प्रशस्तै रहेकाले कठिन भूगोल, भौतिक पूर्वाधार, आवश्यक ऐन कानून र नीतिनियमको अभावमा ठूला लगानी कर्ताहरु यस प्रदेशमा लगानी गर्न हिच्किचाइरहेकोले हामीले परिकल्पना गरेको दिगो विकास र समृद्धिको गन्तव्यसम्म पुग्न सरकारको एकल प्रयासले मात्र सम्भव छैन । जसका लागि सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्न जरुरी छ । साथै अध्यक्ष अधिकारीले २०७४÷०७५ सालमा प्रस्तावित एवम् संचालित कार्यक्रमहरुको बारेमा समेत जानकारी गराएका थिए ।

को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने महासचिव गोपालकृष्ण गिरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेक थिए । कार्यक्रममा कोषाध्यक्ष दीपेन्द्र ढकालले आ.व. ०७३÷०७४ को १ करोड २७ लाख ८२ हजार १ सय ९८ रुपैयाँ १९ पैसाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै साधारण सभामा उनले आ.व. २०७४÷०७५ का लागि १ करोड २८ लाख ८३ हजार ३ सय ७५ रुपैयाँको प्रस्तावित कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघको स्मारिका २०७४ को विमोचन समेत गरिएको थियो । साधारण सभामा प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती विष्ट, सांसद ठम्मर बहादुर विष्ट, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि, विभिन्न गैससका प्रमुख एवम् प्रतिनिधि, उद्योगी, व्यापारी, संघका पदाधिकारीहरु, वस्तुगत समितिका पदाधिकारीहरुलगायतको उपस्थिति रहेको थियो ।






