Loading... आजः ११ आश्विन २०८३, आईतवार । Sunday 27th September 2026

राप्रपा निकट विद्यार्थी संगठनको राष्ट्रिय भेला चैत २८ र २९ गते हुने

काठमाडाै, ७ चैत ।

राप्रपा निकट विद्यार्थी संगठन रास्ट्रीय प्रजातान्त्रिक विद्यार्थी संगठन को राष्टिय भेला यहि चैत २८ र २९ गते हुने भएकाे छ । यो मिति भन्दा पहिले पार्टी ले अर्कै मिति तय गरेपनी राप्रबिस का केहि इकाई कमिटी ले यो भन्दा पहिले तोकेको मितिलाई असन्तुष्ट जनाउदै आएपछी मंगलबार पार्टी कार्यलय मा बसेको बैठक ले २८ र २९ गते गर्ने निर्णय गरेको हो । पार्टीका महामन्त्री राजेन्द्र लिङदेनकाे उपस्थीतिमा भएकाे बैठकले केन्द्रीय भेलाकाे बिषयमा बिवाद समाधान गर्दै यहि मिति मा भेला सम्पन्न का लागि तयारी मा जुट्न आग्रह गर्नु भएको राप्रबिस का विद्यार्थी नेताहरुले यश अन्लाईन खबरलाइ बताए ।

राप्रबिस का केन्द्रिय संयाेजक महेश सिंहकाे हस्ताक्षरीत बिज्ञप्ती जारि गर्दै चैत २८ र २९ गते केन्द्रीय भेला गर्ने निर्णय गरेकाे हाे । यस अघि रास्ट्रीय प्रजातान्त्रिक विद्यार्थी संगठन का विभिन्न इकाई समिती का अध्यक्ष हरुले ,स्वबियु निर्बाचित अध्यक्ष हरुले बिश्व बिधालय को परीक्षा लाई मध्य नजर गर्दै चैत २४ र २५ गते हुने भनिएकाे केन्द्रिय भेलाकाे बिषयमा गम्भिर ध्यानाकर्षण गराइएकाे थियाे ।