Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

दृष्टिबिहिन विद्यार्थीलाई एनड्रोयड मोबाइल सहयोग

सुर्खेत, १० चैत ।

सुर्खेतमा दृष्टिबिहिन विद्यार्थीहरुलाई एनड्रोयड मोबाइल वितरण गरिएको छ । सुर्खेत नेतत्रहिन संघको समन्व्यमा अपाङ्गता अधिकार र विकासका लागि क्रियाशिल नेपालले आज सुर्खेतका १७ जना दृष्टिविहिन विद्यार्थीहरुलाई पढाईमा सजहताका लागि एनड्रोयड मोबाइल वितरण गरेको हो ।

सुर्खेतका विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई पढ्न सहजताको लागि मोबाइल वितरण गरिएको सुर्खेत नेत्रहिन संघकी अध्यक्ष तारा ढकालले जानकारी दिनु भयो ।

एनड्रोयड मोबाइलको साहायताले सुनेर पढ्न सकिने भएकाले दृष्टिबिहिन विद्यार्थीहरुको शिक्षामा सहयोग पुग्ने उहाँले बताउनु भयो । मोबाइलमा किताब हाल्दा मोबाइलको साउण्ड स्टिमबाट सुनेर पढ्न सजिलो हुने उहाँले बताउनु भयो ।
मोबाइल वितरण कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वावाले दृष्टिबिहिन बालबालिकाको शिक्षामा प्रदेश अपाङ्गमैत्री भवन बनाउने, दृष्टिबिहिनि बालबालिका शिक्षामा जोड दिने बताउनु भयो ।