Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

  गजल- कृष्ण प्रसाद अधिकारी 

नहुदै बिहानी केही पढेर  देखाउनु छ
समाजमा अली अघी सरेर देखाउनु छ ।

बिग्रीयो देस दुनीयाँ भन्दै हीड्न थाले
प्रतिष्ठाको लडाई अव लडेर देखाउनु छ ।

बिद्धानका कुरा सधै बजार बजारमा नाच्छन्
सत्य र तथ्य साबित गरेर देखाउनु छ ।

सबै रहर र बाचा पुरा भएछन अव
भन्न थाले जहाँज अनी रेल चढेर देखाउनु छ ।

रिति रिवाज चालचनल  छोडदै जाने हो भने
दियो बती मैले पनि बालेर देखाउनु छ ।

भगवतीमाई गाउँपालिका ४ दैलेख
हालः गुराँस कम्प्युटर इन्ष्टिच्युट दुल्लु दैलेख