अन्ततः राजीनामा दिएरै छाडे रमेशले
काठमाडौं २८ चैत्र ।
अन्ततः नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् ।

सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् । उनले आफू अपमान सहेर बस्न नसक्ने भन्दै राजीनामा दिने बताएका थिए । आफूले राजीनामा दिएपनि बाहिरै बसेर प्रहरीलाई सहयोग गर्ने खरेलले बताएका छन् ।






