Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

सम्झनामा २०७४

काठमाडौं

शुक्रबार मध्यरात १२ बजेबाट विक्रम संवत्को पात्रो फेरिँदै छ । २०७४ बिदा हुँदै गर्दा २०७५ को भव्य स्वागतको तयारी भइरहेको छ । ०७४ मा देशले के पायो के गुमायो ? हेर्नुहोस् घटना क्यलेन्डरमा २०७४ ।

वैशाख ४
– राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकइी भ्रमणमा ।
– जिल्ला अदालत काभ्रेद्वारा मैना सुनुवार हत्याकाण्डमा नेपाली सेनाका तीन अधिकारी महासेनानी बबी खत्री, सहसेनानी अमिन पुन र सहसेनानी सुनील अधिकारीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय फैसला ।

वैशाख ६
निर्वाचन आयोगद्वारा ७५ वटै जिल्लाको मतपत्रको नमुना सार्वजनिक ।

वैशाख ७

मधेशवादी छ दलबीच एकता भएर राष्ट्रिय जनता पार्टी गठन ।

वैशाख १७
–प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता ।
– सर्वोच्च अदालतद्वारा तीन जना पूर्व आईजीपी ओमविक्रम राणा, रमेशचन्द ठकुरी, हेमबहादुर गुरुङलाई सुडान भ्रष्टाचार मुद्दामा कैद तथा जरिवाना फैसला ।
– गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा ।

वैशाख १९
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता ।

वैशाख २०
पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता ।

वैशाख २१
गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता ।

वैशाख २२
सर्वोच्च अदालतको आदेशपछि महाभियोग लागेकी प्रधानन्यायाधीश सुशीला कार्की काममा फिर्ता ।

वैशाख २३
नेपाली कांग्रेसका नेता मार्सल जुलुम शाक्यको निधन ।

वैशाख २९
चीनले विकास सहकार्यका लागि अघि बढाएको वान बेल्ट वान रोड (ओबोर) अवधारणामा नेपालद्वारा हस्ताक्षर ।

वैशाख ३०
स्थानइी तहको पहिलो चरणको निर्वाचन सम्पन्न । प्रदेश नं । ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८१ गाउँपालिका र नगरपालिकामा निर्वाचन सम्पन्न । ७३ प्रतिशत मतदान ।

जेठ १०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा राजीनामा ।

जेठ १२
गोमा एयरलाइन्सको कार्गो विमान लुक्लामा दुर्घटना ।

जेठ १३
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता गरिएको महाभियोग प्रस्ताव फिर्ता लिन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति ।

जेठ १५
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता गरिएको महाभियोग प्रस्ताव फिर्ता ।

जेठ १६
नेपाली सेनाको कार्गो जहाज बाजुराको कोल्टीमा दुर्घटना ।

जेठ १९
राजस्व निर्धारणमा अनियमितता आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ ।

जेठ २०
–प्रधानमन्त्री पदका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा संसद्मा उम्मेदवारी दर्ता ।
–निर्वाचन आयोगद्वारा भरतपुर महानगरपालिका वडा नं । १९ मा पुनः मतदान गराउने निर्णय ।

जेठ २३
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री निर्वाचित ।

३१ जेठ
दैलेखको आठबीस नगरपालिका–४, नैनलदेव मन्दिरनजिक बस दुर्घटना । ११ जनाको मृत्यु ।

असार ४
स्थानइी तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता ३५ जिल्लाका ३ सय ५४ स्थानइी तहको निर्वाचनका लागि उम्मेदवारी ।

असार ७
बहुचर्चित सुडान घोटालामा दोषी ठह¥याइएका दुई पूर्व आईजीपी, एक एआईजी र एक पूर्वडीआईजीद्वारा सर्वाेच्च अदालतमा आत्मसमर्पण ।

असार १४
दोस्रो चरणको स्थानइी तहको निर्वाचन सम्पन्न, ७०.५ प्रतिशत मतदान ।

असार २९
नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशीको निधन । जोशी २००७ सालदेखि नै राजनीतिमा सक्रिय ।

साउन ९
चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने माग राख्दै प्राडा गोविन्द केसीद्वारा ११औँ आमरण अनशन सुरु ।

साउन १५
सर्वाेच्च अदालतले भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्न आदेश ।

साउन २२
राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएको छ महिनालगत्तै फेरि फुट ।

२९ साउन
तराईका २६ जिल्लामा बाढी, ७० जनाको मृत्यु । ५० बेपत्ता, ३४ हजार घर डुबानमा ।

भदौ ७
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा भारतको राजकइी भ्रमण ।

असोज २
–स्थानइी निकायको तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा निर्वाचन सम्पन्न । ७२.६ प्रतिशत मतदान ।
–आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त ।

असोज ७
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राष्ट्रसंघ महासभालाई सम्बोधन ।

असोज १७
नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच चुनावी तालमेल गर्दै वाम एकता गर्ने घोषणा । प्रतिनिधि र प्रदेशसभा चुनावमा साझा उम्मेदवारी दिने घोषणा ।
असोज १८
नेपाली कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा, संघइी समाजवादी फोरम र फोरम लोकतान्त्रिकबीच प्रजातान्त्रिक गठबन्धन बनाउने सहमति ।

असोज २२
आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्काल पदबाट नहटाउन सर्वाेच्च अदालतद्वारा अन्तरिम आदेश ।

असोज २३
– निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या ।
– साहित्यकार जगदीश शमशेर राणाको ८८ वर्षको उमेरमा निधन ।

असोज २८
व्यवस्थापिका संसद्को अन्त्य ।

असोज २९
नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता । विजयकुमार गच्छदार कांग्रेसमा प्रवेश ।

असोज ३०
गैरआवासइी नेपाली संघ (एनआरएन) को अध्यक्षमा भवन भट्ट विजयी ।

असोज ३१
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी मन्त्रीहरूलाई जिम्मेवारीबाट मुक्त ।

कात्तिक ११
धादिङको घाटबेसीमा बस दुर्घटना हुँदा ३१ जनाको मृत्यु । बस त्रिशुली नदीमा खसेको थियो ।

कात्तिक १४
द्वन्द्वकालीन हत्याको मुद्दामा सर्वाेच्च अदालतबाट सर्वस्वसहित जन्मकैद तोकिएका नेकपा (माओवादी केन्द्र) का नेता बालकृष्ण ढुंगेल आठ वर्षपछि पक्राउ ।

कात्तिक २५
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा निधन । विष्ट पञ्चायतकालमा तीन पटक प्रधानमन्त्री भएका थिए ।

कात्तिक २६
नेपाली टिमले क्रिकेटमा पहिलो पटक भारतलाई हरायो । एसीसी यू–१९ कपमा भारतलाई १९ रनले हराएको थियो ।

मंसिर ३
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको निधन ।

मंसिर १०
प्रतिनिधि तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचन । ६५ प्रतिशत भोट खस्यो ।

मंसिर २१
प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन । ६७ प्रतिशत मतदान ।

पुस ६
साहित्यकार प्रेमा शाहको ७३ वर्षको उमेरमा निधन ।

पुस २४
सत्याग्रही डा. गोविन्द केसी पक्राउ ।

माघ २
मनाङबाट प्रदेशसभा सदस्य निर्वाचित दीपक मनाङेलाई सर्वाेच्च अदालतद्वारा पाँच वर्ष कैद सजाय फैसला ।

माघ ३
सरकारले सात वटै प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्यो ।

माघ ७
सातै प्रदेशका प्रदेशसभा निर्वाचित सदस्यद्वारा पद तथा गोपनइीताको शपथग्रहण ।

माघ १३
वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारत सरकारले गणतन्त्र दिवसका अवसरमा पद्मश्री पुरस्कार प्रदान गर्ने घोषणा ।

माघ १४
युवा क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिगका लागि छनोट ।

माघ १९
कथाकार मनु ब्राजाकीको ७५ वर्षको उमेरमा निधन ।

माघ २८
प्रदेश नं. ३ को मुख्यमन्त्रीमा एमाले संसदइी दलका नेता डोरमणि पौडेल नियुक्त । मुख्यमन्त्री हुने पौडेल पहिलो व्यक्ति हुन् ।

माघ २९
प्रदेश नं. ३ मा पहिलो प्रदेश सरकार गठन ।

फागुन २
नेपाली क्रिकेट टोली विश्वकपका लागि छनोट ।

फागुन ३
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त ।

फागुन २८
यूएस बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटित, ४९ जनाको मृत्यु ।

फागुन २९
विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित ।

फागुन ३०
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई न्याय परिषद्ले पत्र लेखेर उमेरहदका कारण पदमुक्त भइसकेको जानकारी गरायो ।

चैत १
नेपाली क्रिकेटलाई एक दिवसइी मान्यता ।

चैत ३
नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि उपराष्ट्रपति निर्वाचित ।

चैत १६
काग्रेस नेता एवम् पूर्व गृहमन्त्री खुमबहादुर खड्काको भारतको नयाँ दिल्लीमा निधन

चैत २२
एकीकृत कम्युनिस्ट पार्टीका केन्द्रइी सदस्य एवम््् पञ्चायतकालको ‘गाउँ फर्क राष्ट्रिय अभियान’का अध्यक्ष कमलराज रेग्मीको ९० वर्षको उमेरमा निधन ।

चैत २३
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भारतको तीनदिने राजकइी भ्रमण २३ देखि २५ गतेसम्म ।

चैत ३०
धनगढी प्रिमियर लिग (डिपिएल)को उपाधि टिम चौराहलाई ।